शिखर वैठक जुन १२ मैःट्रम्पद्वारा पुष्टि

वासिङटन , जेठ १९
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग जुन १२ मा सिङ्गापुरमा हुने भनिएको शिखर वार्ता पूर्वनिधारित समयमै हुने बताएका छन् । यसअघि सिङ्गापुरमा हुने भनिएको सो वार्ता स्थिगित भएको ट्रम्पले घोषणा गरेका थिए ।

Advertisement

दुई देशका नेताबीच आगामी जुन १२ मा हुने भनिएको वार्ताको क्रममा एकजना उच्च उत्तर कोरियाली दूतसँग ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटवार्तापछि उनले वार्ता जुन १२ मा हुने पुष्टि गरेका हन्।

उत्तर कोरियाली ती दूतले कोरियाली नेताले राष्ट्रपति ट्रम्पलाई पठाएको पत्र हस्तान्तरण गरेका थिए । ट्रम्पले शिखर बैठक एउटा शुरूवात मात्रै भए पनि अन्त्यमा त्यो सफल हुने आफ्नो विश्वास रहेको बताएका छन् ।

Advertisement

उत्तर कोरियासँग हाल जारी सम्बन्ध निकै सकारात्मक रहेको ट्रम्पले बताएका छन् । केही समयपहिले शिखर वार्ता स्थिगित हुने भनि घोषणा गरेका ट्रम्पले अहिले आएर फेरि शिखर वार्ता हुने पुष्टि गरेका हुन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top