६ माघ, एजेन्सी ।
भारतको गुजरात राज्यको सुरतमा ट्रकले कुल्चदा १५ जना मजदुरको मृत्यु भएको छ ।
यो दर्दनाक घटनामा १५ जनाको मृत्यु र सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा पर्नेमा सबै राजस्थानको बान्सावाराका हुन् । सुरत पुलिसका अनुसार चालकले नियन्त्रण गुमाउँदा सोमबार राति यो घटना भएको हो । उखु बोकेको ट्याक्टरसँग ठोक्किएका ट्रकका चालकले नियन्त्रण गुमाउन पुग्दा दुर्घटना हुन पुगेको प्रहरीलाई उदृद गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् । प्रहरीले घाइतेहरुमध्ये धेरैजसोको अवस्था गम्भीर रहेको जनाएको छ ।
