×

NEPAL TIMES UPDATES

Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

५ चैत्र २०८२

५ चैत , काठमाण्डौ ।

इजरायल–अमेरिका गठबंधन र इरानबीच २० दिनदेखि जारी युद्धले बुधवार नयाँ मोड लियो । यो लडाईमा पहिलो पटक इजरायलले इरानको साउथ पार्स ग्यास फील्डमा हमला गर्यो । यो हमलाबारे आफूलाई पूर्वजानकारी नरहेको अमेरिकाले बताएको छ । र इजरायललाई पनि यस्ता हमला नगर्नका लागि भनेको उसले बताएको छ ।

Advertisement
Advertisement

उता इरानले यसलाई इजरायलको ठुलो गल्ती भन्दै कडा जवाफी हमला गर्ने धम्की दिएको छ । विज्ञहरु भन्छन्, साउथ पार्स विश्वको सबैभन्दा ठूलो ग्यास प्लांटमध्ये एक हो र यसमा क्षति पुग्दा इरानले मात्रै होइन सिंगो विश्वलाई नै प्रभावित पार्नेछ । स्काई न्यूजका अनुसार, इजरायली हमलामा साउथ पार्स ग्यास फील्डमा ग्यास ट्याँक र रिफाइनरीका केही भागहरुमा क्षति पुगेको छ ।

यो हमला यस्तोबेला भएको हो, जब इरानयुद्धका कारण पहिलादेखि नै विश्वको ठूलो हिस्सामा उर्जा संकट बढीरहेको छ । भारत–पाकिस्तानमा हालैका दिनमा ग्यास र तेल सप्लाईमा युद्धको असर देखिएको छ । कतारबाट भारतमा ठूलो मात्रामा ग्यास आउने गरेको छ र यो पछिल्लो घटनाक्रमले कतारलाई पनि प्रत्यक्ष असर गरेको छ ।

कतार र यूएई मिलेर पाकिस्तानको ९९ प्रतिशत एलएनजी आवस्यकता पुरा गर्र्दै आएका छन् । भारतको पनि ५३ प्रतिशत ग्यास यीनै देशहरुबाट आउने गरेको छ । पार्स विश्वको सबैभन्दा ठूलो ज्ञात ग्यास फील्ड हो, जुन फारसको खाडीमा ९,७०० वर्ग किलोमीटरमा फैलिएको छ । यो प्लांटमा करीब ५१ ट्रिलियन क्यूबिक मीटर ग्यास भएको अनुमान छ ।

साउथ पार्स फील्ड इरान र कतारको बीचमा बाँडिएको छ । यसको ठूलो हिस्सा कतारतर्फ छ । यसलाई सबैभन्दा पहिला १९७१ मा फेला पारिएको थियो । यो फील्डले ईरानको कुल ग्यास आपूर्तिको दुई–तिहाईभन्दा धेरै भाग अर्थात करीब ७० प्रतिशत पूर्ति गर्छ । ईरान ग्यास सप्लाईका लागि धेरै हदसम्म यही प्लांटमा निर्भर छ ।

ईरानको यो महत्वपूर्ण ऊर्जा संरचनामा भएको हमलाले युद्धका बीच उसको मुश्किल बढ्न सक्छ । यो हमलालाई पश्चिमी देशहरुले पनि विरोध गरेका छन् । स्काई न्यूजका एलेक्स रसी भन्छन्, ’यो हमलाले ईरानका लागि युद्ध जारी राख्ने मूल्य बढ्नेछ । यस्तो लाग्छ कि इजरायलले ईरानका लागि युद्धको लागत बढाउने प्रयास गरिरहेको हो ।

यो ईरानीहरुका लागि आफ्ना आवस्यकताहरुलाई पूरा गर्नुका साथै कमाईको पनि माध्यम हो । यसमा भएको क्षतिले इरानको युद्ध क्षमतालाई सिधा प्रभावित पार्नेछ । पश्चिम एशियाका जानकारहरुले भनेका छन्, यो ग्यास क्षेत्रबाट ईरानको उत्पादन मुख्य रूपले घरेलू प्रयोजनका लागि थियो । अब यसमा हमला हुँदा त्यसको असर व्यापक पर्न सक्छ ।

किनभने ईरानबाट इराकमा हुने ग्यास आपूर्ति पहिला नै रोकिएको छ । यद्यपि अब हेर्न बाँकी छ कति क्षति भएको छ । पार्स ग्यास फील्डमा कतार पनि ईरानको साझेदार हो । कतारले यी हमलाहरुलाई गैर–जिम्मेवार कदम भनेको छ । र यसले वैश्विक ऊर्जा सुरक्षा खतरा परेको पनि बताएको छ । ईरानले भने अरब देशहरुमा भएका ऊर्जा ठेगानाहरुलाई निशाना बनाएर जवाफ दिइरहेको छ ।

यता साउथ पार्स क्षेत्रमा प्राकृतिक ग्यास संयंत्रहरुमा भएको इजरायली हमलाका बारेमा आफूलाई थाहा नभएको अमेरिकाले बताएको छ । यसलाई उसले गलत पनि भनेको छ । डोनाल्ड ट्रंपले भनेका छन्, म इजरायलको यो कदमको समर्थन गर्दिन । साउदी अरब, फ्रांस र अन्य कयौं देशहरुले पनि इजरायलको हमलामा आपत्ति जनाएका छन् ।

यता अमेरिकाले भने ईरानले कतारको ग्यास प्लांटमा हमला नगर्न चेतावनी दिएको छ । ट्रम्पले भनेका छन् कि ईरानले कतारमा फेरि हमला गर्यो भने अमेरिकाले विध्वंश मच्चाइदिने छ । यता ईरानी राष्ट्रपति मसूद पेजेश्कियानले यस्ता हमलाहरुको अनियंत्रित परिणाम हुने चेतावनी दिएका छन्, जसले सिंगो विश्वमा चपेटामा पार्नेछ ।

साउथ पार्समा इजरायली हमलापछि कतारको ग्यास केंद्रमा मात्रै होइन इरानले युएईकोे हबशान ग्यास संयंत्र र बाब क्षेत्रलाई पनि निशाना बनाएको छ । यसैबीच उता अमेरिकामा अज्ञात ड्रोन देखिएको छ । यो ड्रोन त्यो सैन्य ठेगानानजिक देखिएको हो जहाँ कयौं शीर्ष अधिकारीहरु रहन्छन ।

यो अमेरिकाको सैन्य बेस हो र ती निवासहरुसंग जोडिएको बताइन्छ जहाँ मार्को रुबियो र पीट हेगसेथ जस्ता वरिष्ठ अधिकारीहरु बस्छन् । घटनापछि व्हाइट हाउसमा उच्च स्तरीय बैठक बोलाइएको छ । जसमा सुरक्षा खतराको आँकलन गरिएको छ । संभावित खतरालाई मध्य नजर गर्दै विश्वभरमा अमेरिकी दूतावासहरुका लागि पनि ग्लोबल सिक्योरिटी अलर्ट जारी गरिएको छ ।

अमेरिकामा सुरक्षा अलर्ट जारी गरिएको छ । फोर्ट लेस्ले जे. म्याकनायरमाथि यो संदिग्ध ड्रोन देखिएको हो। यो सोही ठाउँ हो जहां अमेरिकाका विदेश मंत्री मार्को रुबियो र रक्षा मंत्री पीट हेगसेथ बस्छन् । वाशिंगटन पोस्टको रिपोर्टका अनुसार अधिकारिहरुले अहिलेसम्म यो ड्रोनको स्रोतबारे जानकारी प्राप्त हुन सकेको छैन ।

यो घटनापछि वाशिंगटनमा हलचल मच्चिएको छ । र यसक्षेत्रमा अमेरिकी सेनाले सुरक्षा पनि बढाएको छ । यो ड्रोन यस्तो समयमा देखिएको हो जब अमेरिका र इजरायलले इरानका वरिष्ठ नेताहरुलाई मारेका छन् र इरानले त्यसको बदला लिने लगातार धम्की दिइरहेको छ ।

Advertisement

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top