अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

१५ असार , काठमाण्डौ।

पाकिस्तान र अफगानिस्तानबीच फेरि तनाव चुलिएको छ । पाकिस्तानले अफगानिस्तानभित्र सैन्य कारबाही सञ्चालन गर्दै २९ जना आतंकवादी मारिएको दाबी गरेको छ । पाकिस्तान सरकारले आइतबार र सोमबारको मध्यरातमा गुप्तचर सूचनाका आधारमा उक्त कारबाही गरिएको जनाएको छ ।

यसले अफगानिस्तानलाई क्रुद्ध बनाइदिएको छ । यता पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अत्ताउल्लाह तरारले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा पाकिस्तानी सेनाले ड्युरान्ड लाइन ९सीमाक्षेत्र० नजिक सुनियोजित स्थलगत कारबाही सञ्चालन गरेको बताएका छन् ।

Advertisement

उनले त्यसपछि सीमा आसपास सक्रिय प्रतिबन्धित समूह जमात–उल–अहरार र तहरीक–ए–तालिबान पाकिस्तान ९टीटीपी०का ठेगाना तथा सुरक्षित क्याम्पहरूलाई लक्षित गर्दै हवाई आक्रमण गरिएको बताए । मन्त्री तरारले बाजौर क्षेत्रमा सञ्चालन गरिएको स्थलगत कारबाहीमा आतंकवादी कमान्डर खान फ्रोस उर्फ जबालसहित जमात–उल–अहरारका अन्य तीन सदस्य मारिएको दाबी गरेका छन् ।

उनले अन्य धेरै आतंकवादी घाइते भएको बताए । यता, अफगानिस्तानको तालिबान सरकारले भने पाकिस्तानी कारबाहीमा सर्वसाधारण नागरिकहरू मारिएको आरोप लगाएको छ । बीबीसी पस्तोका अनुसार तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी हवाई आक्रमणमा महिला र बालबालिकासहित सर्वसाधारणको मृत्यु तथा घाइते भएको दाबी गरेका छन् ।

Advertisement

उनले यसलाई कायरतापूर्ण कार्यको संज्ञा दिएका छन् । पाकिस्तानी सेनाले अफगानिस्तानको पूर्वी कुनार प्रान्त तथा दक्षिण–पूर्वी क्षेत्रका पक्तिया र पक्तिका प्रान्तका चामकानी र ज्ञान जिल्लामा हवाई आक्रमण गरेको थियो ।पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको हो ।

पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत ९जमीनी० अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो।

यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका हुन् । यो सैन्य कारबाही पाकिस्तानको कराँचीस्थित सिन्ध रेन्जर्सको मुख्यालयमा हतियारधारी आतंककारीहरूले गरेको भीषण आक्रमणको भोलिपल्ट भएको हो । शनिबार राति भएको उक्त आत्मघाती हमलामा रेन्जर्सका चार जवानले ज्यान गुमाएका थिए भने जवाफी कारबाहीमा ६ जना आक्रमणकारी मारिएका थिए । सो आक्रमणको जिम्मेवारी जमात–उल–अहरारले लिएको थियो ।

सूचना मन्त्री तरारका अनुसार, विशेष गुप्तचरी सूचनाको आधारमा सुरुमा बाजौर जिल्लामा अपरेशन चलाइँदा कमाण्डर खान फरोशसहित चार आतंककारी मारिए । बाजौर अफगानिस्तानको सिमानासँग जोडिएको जिल्ला हो । त्यसपछि अफगानिस्तानको पक्तिया, पक्तिका र कुनार प्रान्तमा रहेका तीनवटा फरक–फरक सैन्य अखडाहरूमा हवाई तथा सैन्य आक्रमण गरियो, जहाँ थप २५ जना आतंककारी मारिएका हुन् ।

आक्रमणमा आतंककारीहरूले लुकाएर राखेका ठुलो परिमाणका हतियार र गोलाबारुद समेत नष्ट गरिएको पाकिस्तानले दाबी गरेको छ । पाकिस्तानले क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न सधैं प्रयास गरिरहेको तर आफ्ना नागरिकको सुरक्षाको सवालमा कुनै पनि किसिमको सम्झौता नगर्ने मन्त्री तरारले चेतावनी दिएका छन् ।

पाकिस्तानले विगत एक वर्षदेखि निरन्तर रूपमा अफगान सीमा र त्यसभित्र आक्रमण गर्दै आएको छ। अफगानिस्तानको वर्तमान तालिबान सरकारले टीटीपीका आतंककारीहरूलाई संरक्षण दिएको पाकिस्तानको पुरानो आरोप छ ।
यता तालिबान सरकारले तीनवटै पूर्वी प्रान्तमा भएका आक्रमणका कारण ठूलो मानवीय क्षति भएको दाबी गरेको छ ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सैन्य कारबाहीको निन्दा गर्दै यसलाई ‘कायरतापूर्ण आक्रमण’ को संज्ञा दिए । अफगान अधिकारीहरूले आफ्नो भूमिमा विदेशी विद्रोही समूहलाई आश्रय दिएको आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् । सन् २०२१ मा तालिबान पुनः सत्तामा आएयता पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध निरन्तर तनावपूर्ण रहँदै आएको छ ।

फेब्रुअरीमा एक सातासम्म चलेको भीषण सङ्घर्षपछि दुवै देशले मार्चमा युद्धविराममा सहमति गरेका थिए, तर त्यसयता सीमावर्ती क्षेत्रमा छिटफुट हिंसात्मक घटना दोहोरिँदै आएका छन् । अफगान अधिकारीहरूका अनुसार जुन महिनामा भएको पाकिस्तानी आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको थियो ।

पछिल्लो घटनाको पृष्ठभूमिमा कराचीस्थित रेन्जर्स अर्धसैनिक शिविरमा शनिबार भएको आक्रमणलाई लिइएको छ । विस्फोटक पदार्थ र गोली प्रहार गरिएको उक्त घटनामा तीन जना अर्धसैनिक जवान मारिएका थिए । पाकिस्तानले घटनामा संलग्न व्यक्तिहरूमध्ये एक अफगान नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

इस्लामाबादले वर्षौंदेखि पाकिस्तानविरुद्ध हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका टिटिपीका लडाकूहरूको आश्रयस्थल र हतियार भण्डारलाई लक्षित गरेर सीमापार सटीक कारबाही गर्न बाध्य भएको बताएको छ । तर अफगान पक्षले आफ्ना भूभागलाई उग्रवादीहरूले प्रयोग गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला महिनाहरूमा भएका पाकिस्तानी कारबाही तथा सीमावर्ती सङ्घर्षका कारण सयौँ व्यक्तिको ज्यान गइसकेको छ । फेब्रुअरीको अन्त्यतिर भएको युद्धमा सयौँ मानिस मारिनुका साथै दशौँ हजार नागरिक विस्थापित भएका थिए ।

त्यसक्रममा सीमाक्षेत्रमा तीव्र लडाइँ भएको थियो भने तालिबानका सर्वोच्च नेता बस्ने दक्षिणी सहर कान्दाहारसहित विभिन्न अफगान सहरहरूमा अभूतपूर्व पाकिस्तानी हवाई आक्रमण भएका थिए । चीनसहित विभिन्न देशहरूले मध्यस्थताको प्रयास गरे पनि दुई छिमेकी राष्ट्रबीच स्थायी समाधानको पहल सफल हुन सकेको छैन ।

गत अक्टोबरमा सीमापार हिंसा बढेपछि अधिकांश सीमा नाकाहरू आंशिक वा पूर्ण रूपमा बन्द भएका छन् र दुवै देशबीचको अविश्वास अझ गहिरिँदै गएको छ । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्दा पाकिस्तानले अमेरिकालाई साथ दिएको थियो ।

यसै निर्णयबाट चिढिएको टीटीपीले पाकिस्तानी सरकारलाई ’इस्लाम विरोधी’ भन्दै युद्धको घोषणा गरेको थियो । टीटीपीको बुझाइमा वर्तमान पाकिस्तानी सरकारले सच्चा इस्लामको पालना गर्दैन, त्यसैले उनीहरू पाकिस्तानमा इस्लामिक कानुन लागू गराउन चाहन्छन् ।

टीटीपी र अफगानिस्तानको तालिबान समूहबीच गहिरो वैचारिक तथा संगठनात्मक सम्बन्ध रहेको छ, जसका कारण उनीहरू एकअर्कालाई सहयोग गर्छन्। सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएपछि पाकिस्तानमा टीटीपीका गतिविधि र आक्रमणहरू झनै बढेका छन् ।

१० जुनमा पाकिस्तानले अफगानिस्तानका विभिन्न क्षेत्रमा मिसाइल प्रहार गर्दा ११ बालबालिकासहित १३ जनाको मृत्यु भएको थियो। तालिबानले पाकिस्तानले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्दै सर्वसाधारणको घरमा बमबारी गरेको आरोप लगाएको थियो, जसलाई पाकिस्तानले अस्वीकार गर्दै आतंककारीमाथिको ’सटिक हमला’ भनेको थियो ।

त्यसै गरी १६ मार्चमा पाकिस्तानी वायुसेनाले अफगानिस्तानको राजधानी काबुल र आसपासका क्षेत्रमा गरेको भीषण एयरस्ट्राइकमा करिब ४०० जनाको मृत्यु भएको र २५० भन्दा बढी घाइते भएको रोयटर्सले जनाएको थियो। तालिबानले पाकिस्तानी सेनाले काबुलको एक लागुऔषध दुव्र्यसनी सुधार अस्पतालमा समेत बम खसालेको आरोप लगाएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

सम्बन्धित समाचार

Scroll to Top