१० असोज , विराटनगर ।
विराटनगर। उपचारका लागि अस्पताल पुग्ने बिरामी र उनीहरूका आफन्तका लागि प्रभावकारी उपचारसँगै सहज सेवा, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवहार र उपचार प्रक्रियामा पाउने सहयोग पनि उत्तिकै महत्वपूर्ण हुन्छ। विराटनगर–४ स्थित नोबेल शिक्षण अस्पतालमा उपचार गराइरहेका बिरामी तथा उनीहरूका आफन्तले अस्पतालबाट प्राप्त सेवा र उपचार अनुभवबारे सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।
अस्पतालमा उपचारका क्रममा पाएको सेवा, चिकित्सक तथा स्वास्थ्यकर्मीबाट प्राप्त सहयोग, उपचार प्रक्रिया र अस्पतालको समग्र व्यवस्थापनबारे बिरामी तथा आफन्तले आफ्ना अनुभव सुनाएका हुन्। उनीहरूले उपचारका क्रममा स्वास्थ्यकर्मीको व्यवहार र सेवाप्रतिको आफ्नो अनुभव साझा गरेका छन्।

बिरामी तथा आफन्तबाट प्राप्त यस्ता प्रतिक्रिया अस्पतालका लागि सेवाको गुणस्तर मूल्यांकन गर्ने महत्वपूर्ण आधारसमेत हुन्। उनीहरूको विश्वास, सन्तुष्टि र सकारात्मक प्रतिक्रियाले स्वास्थ्य सेवामा अझ जिम्मेवार, संवेदनशील र गुणस्तरीय बन्न प्रेरणा मिल्ने अस्पतालको विश्वास छ।
अस्पतालका अनुसार बिरामीको उपचार गर्नुका साथै उनीहरूलाई उपचार प्रक्रियाबारे आवश्यक जानकारी दिने, सेवामा सहजता ल्याउने र बिरामीमैत्री वातावरण निर्माण गर्ने प्रयासलाई निरन्तरता दिइँदै आएको छ।
स्वास्थ्य सेवा केवल उपचारमा मात्र सीमित नभई बिरामीले प्राप्त गर्ने व्यवहार, सहयोग र विश्वाससँग पनि जोडिने भएकाले यी पक्षलाई प्राथमिकतामा राखेर सेवा सुधार गर्दै जाने अस्पतालको प्रतिबद्धता छ।



