×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एन्फामा पदाधिकारी मनोनयन व्यवस्था खारेज, निर्वाचन प्रणालीबाट मात्र पदाधिकारी चयन हुने

६ माघ २०७७

६ माघ, काठमाडाैँ ।

पदाधिकारी मनोनयन व्यवस्थालाई खारेज गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रत्यक्ष निर्वाचित प्रणालीलाई पारित गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न एन्फाको १९औं साधारण सभाले निर्वाचन प्रणालीबाट मात्र पदाधिकारी चयनको व्यवस्था सुरु गरेको हो । यस अघिको व्यवस्था अनुसार केही कार्यसमितिले परिस्थिति अनुकुल पदाधिकारी मनोनयन गरिरहेको थियो ।

Advertisement
Advertisement

साधारण सभाले १७ सदस्यीय कार्यसमितीलाई बढाएर २१ सदस्यीय कार्यसमितिमा पु¥याउने निर्णय समेत गरेको छ । एन्फाका प्रवत्ता किरण राईले आगामी साधारण सभाबाट बन्ने कार्यसमितिमा संशोधित विधान लागू हुने बताए ।

निवौचनमार्फत आउने २१ सदस्यीय नयाँ कार्यसमितिमा २ जना महिला अनिवार्य गरिएको छ । फिफाको गाइड लाइन अनुसार एन्फाले मनोनितको कोटालाई बन्देज लगाउँदै सबै कार्यसमिति निर्वाचनमार्फत चुनिने ब्यवस्था गरेको हो ।

मंगलबारकै साधारण सभाले आगामी वर्ष २०७७÷७८ को लागि वार्षिक बजेट तथा कार्यक्रम पनि पारित ग¥यो । राष्ट्रिय लिग, फुटसल छनोट प्रतियोगिता, विभिन्न वर्कसप, बाँकी रहेको ‘बी’ डिभिजन लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट कप, सहिद स्मारक ‘सि’ डिभिजन लिग, राष्ट्रिय महिला लिग, अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता, फोर नेशन्स कप लगाएतका कार्यक्रम सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा लागि एन्फाको ८२ करोड ६६ लाख ४२ हजार २ सय ४० रुपैयाँको वार्षिक कार्यक्रमलाई साधारण सभाले पारित गरेको प्रवत्ता राईले जानकारी दिए ।

Advertisement

साधारण सभाले, अध्यक्षको बार्षिक प्रतिवेदन, आमदानी र खर्च विवरण लगाएका विषयलाई पारित गरेको हो । गत वर्ष एन्फाले ४० करोड २६ लाख आम्दानी गरेको छ भने ४१ करोड २६ लाख रुपैयाँ खर्च गरेको प्रवक्ता राईले बताए ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top