भ्रष्टाचारको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दर्ता

७ माघ ७७, बुधबार

७ माघ, काठमाडाैँ ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बजार सञ्चालक समिति खडा गरी भ्रष्टाचार गरेको अभियोगमा पाँचखाल कृषि उपज बजार सञ्चालक समितिका अध्यक्षसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार पाँचखाल नगरपालिका–४ तामाघाटमा रहेको मसला बाली विकास केन्द्रको स्वामित्वको सात रोपनी जमीनमा नक्कली बजार सञ्चालक समिति खडा गरी भ्रष्टाचार गरेको पाइएको छ । कृषि बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठ, कोषाध्यक्ष दिनेश अधिकारीको मिलेमतोमा समितिको खातामा रहेको रु १४ लाख ४४ हजार १९९ रकममध्ये रु १४ लाख ३८ हजार ५०० बराबरको रकम आफूखुशी झिकेर हिनामिना गरेको पाइएको छ ।

Advertisement

आयोगले समितिका अध्यक्ष र कोषाध्यक्षसहित कृषि बजारको लेखापरीक्षणले गलत प्रतिवेदन दिएको भन्दै कारवाहीको माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष अधिकारीविरुद्ध रु १४ लाख ३८ हजार ५०० बराबरको बिगो कायम गरेको छ । गलत लेखापरीक्षण प्रतिवेदन दिने एचके अधिकारी एण्ड एशोसियट्सका सञ्चालक केशव अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग दाबी गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top