×

NEPAL TIMES UPDATES

Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026

नेपालसहित छ राष्ट्रलाई तत्काल अनुदानमा खोप दिने भारतको घोषणा

७ माघ २०७७

काठमाडौं: भारत सरकारले भोलीदेखि कोभिड १९ विरुद्धको खोप नेपालसहित छ राष्ट्रलाई अनुदानमा दिने तयारी गरेको छ । विभिन्न राष्ट्रले भारत समक्ष औपचारिक रुपमै कोभिड विरुद्धको खोप आपूर्तिका लागि पत्राचार र छलफल गरेपछि भारतको विदेश मन्त्रालयले मंगलबार छ राष्ट्रलाई तात्काल अनुदानमा खोप उपलब्ध गराउन लागेको जानकारी सार्वजनिक गरेको हो । पछिल्लो साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमण गर्दा खोप आपूर्तिका लागि भारतसँग छलफल गर्नुभएको थियो ।

भारतको विदेश मन्त्रालयले कोभिड विरुद्धको खोप पाउने छ राष्ट्रमा भुटान, मल्दिभ्स, बङ्गलादेश, नेपाल, म्यानमार र सेसिलास रहेको जनाएको छ । घरेलु मागलाई ध्यानमा राखेर साझेदार राष्ट्रहरुलाई आगामी साताहरुमा चरणबद्ध रुपमा खोप आपूर्ति गरिने विदेश मन्त्रालयले प्रष्ट्याएको छ ।

Advertisement
Advertisement

घरेलु उत्पादकलाई स्थानीय माग धान्न पर्याप्त सञ्चिति रहेको अवस्थामा मात्र विदेशमा आपूर्ति गरिने मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले श्रीलङ्का, अफगानिस्तान र मौरिससको नियामक निकायबाट खोप आपूर्ति गर्ने बाटो खुला गर्ने निर्णय पर्खेको समेत जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा कोभिड विरुद्धको खोप विदेशमा आपूर्ति गर्ने उद्घोष बुधबार गर्न लागेको जानकारी साझा गर्नुभएको छ ।

भारतको औषधी नियामक विभाग(डीसीजीआई)ले यसै महिनाको सुरुवातमा अक्सफोर्डको कोभिड १९ विरुद्धको खोप(कोभिशिल्ड) र भारत बायोटेकको उत्पादन कोभ्याक्सिनलाई आपातकालीन प्रयोगको अनुमति दिएको थियो । आष्ट्राजेनेकाको कोभिशिल्ड खोप विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटले घरेलु स्तरमा उत्पादन गर्दैछ । भारत बायोटेकले भने आफ्नै खोप बनाएको छ । जसलाई कोभ्याक्सिन नाम दिइएको छ ।

Advertisement

भारतमा हालसम्म चार लाख ५४ हजार ४९ जनाले कोभिड विरुद्धको खोपको पहिलो शट लगाइसकेका छन् ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top