बुढी खोलामा डुबेर युवतीको मृत्यु

१९ जेठ ७५, आइतबार

विराटनगर,जेठ २०
सुनसरीको ईटहरीस्थित बुढी खोलामा नुहाउन जाँदा खोलाले बगाएर शनिबार एक जनाको मृत्यु भएको छ।

इटहरी १० बस्ने अन्दाजी १६ वर्षकी वर्षा लिम्बुलाई शनिबार दिउँसो भङालोले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

लिम्बुसंगै नुहाउन गएकी ईटहरी–१० बस्ने रविना राई र श्रृजना गुरुङलाई भने स्थानीय युवाहरुले उद्दार गरेका थिए ।

Advertisement

पर्खालबाट लडेर बालिकाको मृत्यु

सुनसरीको ईनरुवा नगरपालिकामा पर्खालबाट लडेर तीन वर्षकी एक बालिकाको ज्यान गएको छ ।

Advertisement

स्थानीय मस्जिदको पर्खालबाट लडेर गम्भीर घाइते भएकी ईनरुवा नगरपालिका –१० जाल्पापुर बस्ने ईरफान मन्सुरीको छोरी मियाज मन्सुरीको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top