७ माघ, काठमाडौँ ।
पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीले संसद विघटन संविधान विपरित भएको बताएकी छन् ।
बुधबार काठमाडौँमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधिश कार्कीले यस्तो बताएकी हुन् । सरकार गठन हुनसक्ने अवस्था छ भने विघटन गर्न नपाइने व्यवस्था संविधानले गरेको उनको भनाई छ ।
उनले यतिखेर देशको विकास निर्माणको काम पनि रोकिएको तथा यस्तो बेलामा बाहिरी हस्तक्षेप हुने योजना पनि बन्नसक्ने भएकाले मुलुक संकटमा रहेको बताइन् ।
