Nepal Times
Nepal Times
3
Shares

आगलागीबाट तीन लाखको क्षति

आगलागीबाट तीन लाखको क्षति

विराटनगर, जेठ २०
मोरङको बेलबारी–८ को बुधबारेमा शनिबार साँझ आगलागी हुँदा एक परिवारको रु तीन लाख मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ ।

सो आगलागीबाट कुमार थापाको काठ र टिनले बनेको दुईतले घर, घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न र भाँडावर्तन जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

स्थानीय, प्रहरी र दमकलको मद्दतले आगलागी नियन्त्रणमा आएको थियो । विद्युत् सर्ट भएर सो आगलागी भएको थियो ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.