नेकपा झापाका कार्यालय सचिव अधिकारीको निधन

२० जेठ ७५, आइतबार
Share this
683shares

झापा, जेठ २०
नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति झापाका कार्यालय सचिव चुडेन्द्र अधिकारीको आज बिहान करीब १ः३० बजे निधन भएको छ ।

Advertisement

भद्रपुर–१० स्थित लेखनाथ चोक निवासी ५८ वर्षीय अधिकारीको हृदयघातका कारण निधन भएको हो । बिहान एक्कासि छाती दुखेपछि अधिकारीलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड पु¥याइएको थियो । हस्पिटल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ ।

अधिकारी बिर्तामोडस्थित महानन्दचोकमा बस्दै आएका थिए। अधिकारी तत्कालीन माओवादी केन्द्रको विगत १० वर्षदेखि कार्यालय सचिव रहेका थिए । अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

Advertisement

शालीन, भद्र र मिलनसार स्वभावका अधिकारी पार्टीमा ‘काका’ उपनामबाट परिचित थिए । अधिकारीको आज दिउँसो १ बजे कनकाई नदीमा दाहसंस्कार गरिने नेकपा झापाले जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top