Nepal Times
Nepal Times
3
Shares

साढे ३३ किलो सुन प्रकरण : छिरिङ वांगेल घलेले गरे अात्मसमर्पण

साढे ३३ किलो सुन प्रकरण : छिरिङ वांगेल घलेले गरे अात्मसमर्पण

विराटनगर,जेठ २०
करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आत्मसमर्पण गरेका छन् ।

उनले जिल्ला आईतबार जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् ।अदालतमा उनको बयान सुरु भईसकेको जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी उपरीक्षक मनोज केसीले बताए ।

सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वालेङ घले भएको बयान दिएका थिए । आफूले भरियाहरुको सेटिङ मिलाउने काम मात्रै गरेको गोरेले दाबी गरेका थिए ।

छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान थियो । उनले आफू छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने गरेको बयानमा बताएका थिए ।

खत्रीले पनि गत बिहीबार मात्रै जिल्ला अदालत, मोरङमा आफैँ उपस्थित भई आत्मसमर्पण गरेका थिए । गोरेले खत्रीलाई पक्राउ गरे प्रकरणको धेरै कुरा सार्वजनिक हुने दाबी गरेका थिए । यद्यपि, खत्रीले अदालतमा इन्कारी बयान दिए ।

उनले प्रहरीकै एउटा गुटले आफूविरुद्ध षड्यन्त्र गरेको दाबी गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.