इजरायल र नेपालबीच कामदार लैजाने प्रोटोकलमा हस्ताक्षर, तत्काललाई ५ सय नेपाली केयरगिभर लगिँदै

८ माघ, काठमाडौँ । इजरायलले ५ सय जना नेपाली नागरिकलाई केयरगिभरका रुपमा लैजाने भएको छ । बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलीय राजदूत खनान गोडेरले एक सम्झौतामा हस्ताक्षर गरेसँगै तत्कालका लागि ५ सय जना नेपाली नागरिक इजरायलका केयरगिभरका रुपमा काम गर्न जाने बाटो खुलेको हो ।

गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रमबजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ मा हस्ताक्षर भएको थियो । त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि बिहीबार ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतामा इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्य र इजरायली विदेशमन्त्री गाबी अश्केनाजीले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता नेपालीहरुलाई रोजगारीका लागि इजरायल जान ढोका खोल्ने फ्रेक वर्क सम्झौता भएको बताइएको छ ।

Advertisement

सरकार–सरकारबीच सम्झौता भएकाले कामदार पठाउने प्रक्रियामा म्यानपावर संलग्न हुनेछैन । इजरायल जाँदा लाग्ने हवाई खर्च श्रमिक आफैले तिर्नुपर्नेछ । यसअघि २००९ सम्म म्यानपावरले पाइलट प्रोजेक्टअन्तर्गत इजरायलमा कामदार पठाउँदै आएका थिए । तर म्यानपावरले कामदार पठाउन धेरै रकम असुलेको गुनासो बढेपछि उक्त प्रक्रिया रोकिएको थियो ।

कार्यक्रममा नेपालका लागि इजरायली राजदूत खनान गोडेरले नेपाली श्रमिक लैजाने प्रक्रियालाई अब निरन्तरता दिने बताए ।

श्रममन्त्री गौरीशंकर चौधरीले केयरगिभरका साथै कृषि क्षेत्रमा नेपाली कामदार लैजाने व्यवस्था मिलाउन पनि राजदूत गोडेरसँग आग्रह गरेका थिए ।

इजरायलको श्रम कानुन निकै नै श्रमिकमैत्री भएकाले तुलनात्मक हिसाबले अन्य देशभन्दा कम समस्या आउने गरेको छ । इजरायललाई श्रमिकमैत्री र आयआर्जन राम्रै हुने देशका रुपमा लिइन्छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top