बेलायतमा कोरोना संक्रमणबाट एकैदिन १८२० जनाको मृत्यु

८ माघ, एजेन्सी ।
बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको छ।

Advertisement

बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले बेलायतमा कोरोना भाइरसको संक्रमण शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकैदिनमा ज्यान गएको यो पहिलोपटक भएको बुधबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएका छन्।

यसैगरी, बेलायतमा बुधबारसम्म ९३ हजार २९० जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ। बेलायती स्वास्थ्य अधिकारीले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको पनि बताएका छन्।

Advertisement

बेलायतबाट कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ। विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो।

उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ। यसैगरी बेलायतमा बुधबारमात्र पनि ३८ हजार ९०५ जना नागरिकमा यो संक्रमण देखिएको छ।

Advertisement

एकैदिनमा यति धेरै संख्यामा संक्रमित पाइएको पनि केही दिनयताको यो ठूलो संख्या पनि हो। यो समेत गरी बेलायतमा कोभिड १९ का संक्रमितको संख्या पनि निकै बढेको छ। समाचारअनुसार यही बुधबारसम्ममा ३५ लाखभन्दा बढी नागरिकमा यो संक्रमण पुगेको छ।

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ। बुधबार मात्र विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको यो भाइरसका कारण ज्यान गएको छ।

गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति संक्रमितहरु थपिएका छन्। पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ।

युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिमसम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइसकिने भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top