८ माघ, काठमाडौँ । सावित्रा भण्डारीको ह्याट्रिकमा एपीएफले महिला राष्ट्रिय लिगमा विजयी सुरुवात गरेको छ । सातदोबाटोमा रहेको एन्फा कम्लेक्सको मैदानमा भएको खेलमा एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० ले हरायो ।
एपीएफको जितमा भण्डारीले तीन गोल गर्दा अञ्जली योन्जन, अनिता बस्नेत र प्रिती राईले समान एक–एक गोल गरे ।
खेलको १४ औँ मिनेटमा पहिलो गोल गरेकी सावित्राले ६३ औँ र ७३ औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।