महिला फुटबलमा वालिङ र विराटनगर बराबरी, एपिएफको जित

७ माघ ७७, बिहीबार

८ माघ, काठमाडाैँ ।

राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा राष्ट्रिय महिला लिग वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङ बराबरी खेल्दादिनको पहिलो खेलमा एपिएफले चन्द्रपुर नगरपालिका रौतहटलाई ६–० को फराकिलो अन्तरले हराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा बिहीबार भएको दोस्रो खेलमा वालिङ र विराटनगरले १–१ गोलको बराबरी खेलेका हुन् ।

प्रतिस्पर्धात्मक बनेको दिनको दोस्रो खेलमा वालिङले लिएको सुरुआती अग्रतालाई दोस्रो हाफमा कायम राख्न नसक्दा अंक बाँडेको हो । वालिङले दोस्रो मिनेटमा नै सम्झना शर्माको हेड गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा विराटनगरले सुधारिएको खेल देखाउँदै खेलमा फर्किन सफल भएको थियो । विराटनगरकी आशा कुमारीले ६३ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै टोलीलाई हारबाट जोगाएकी थिइन् ।

त्यसपछि खेलमा फर्किन संघर्षरत वालिङ सुखद नतिजाका लागि फर्किन प्रयास गरे पनि पाएका अवसर सदुपयोग गर्न सकेन । विराटनगरकी गोलकिपर कल्पना कार्कीले उत्कृष्ट बचाउ गर्दा वालिङ निराश भएको थियो । अंक बाँडेको वालिङले दोस्रो खेलमा वालिङले चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ भने विराटनगरले एपीएफ क्लबको सामना गर्नेछ ।

यस अघि बिहीबारै सम्पन्न दिनको पहिलो खेलमा सावित्रा भण्डारीको ह्याट्रिकको मद्दतमा विभागीय टोली एपिएफले विजयी सुरुआत ग¥यो । एपिएफले चन्द्रपुर नगरपालिका रौतहटमाथि ६–० को फराकिलो जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । राष्ट्रिय टोलीका खेलाडीको बर्चश्व रहेको एपिएफले मोफसलको टोली चन्द्रपुर नगरपालिकालाई दबाब राखेर खेल देखाएको थियो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा एपिएफलाई जिताउन सावित्रा भण्डारीले ह्याट्रिक गर्दा कप्तान अनिता बसनेत, अञ्जली कुमार योन्जन र प्रिति राईले एक÷एक गोल आफ्नो नाममा लेखाए । अधिकांश समय बलमा पकड जमाएको एपिएफका सावित्रा भण्डारीले १४ औं, ६२औं र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरागर्दा २२ औं अञ्जली, ६४औं मिनेटमा कप्तान अनिता र ८९ औं मिनेटमा पुजा राईले गोल गरेका थिए ।

सहज तिज निकालेको एपिएफले स्पष्ट ३ अंक जोडेको छ । माघ २१ गते सम्म सञ्चालन हुने महिला लिगमा तीन विभागीयसहित ७ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्रबार एन्फा कम्प्लेक्समा चौदण्डीगढी नगरपालिका उदयपुर र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top