×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

प्रधानमन्त्री कपमा पुलिसको लगातार दोस्रो जित

८ माघ २०७७

८ माघ, काठमाडौं ।

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश नेपाल पुलिस क्लबसँग ७४ रनले पराजित भएको छ ।

Advertisement
Advertisement

टियु क्रिकेट मैदानमा भएकाे खेलमा जितका लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३६ रन बनायो । लुम्बिनीका सौरभ खनालले ६० बलमा ६ चौका र ५ छक्का सहित सर्वाधिक ७४ रनको योगदान दिए ।

कप्तान कृष्ण कार्की २४ बलमा ५ छक्का सहित ४० रनमा अविजित रहेपनि टोलीलाई भने जिताउन सकेनन् । सातौं विकेटका लागि सौरभ र कृष्णले ६९ रनको उत्कृष्ट साझेदारी गरेपनि टोलीको हार टार्न सकेनन् । पहिलो ओभरको चौथो बलमै सन्दीप सुनार शून्यमा आउट भएका थिए ।

राशिद खानलेनै सातौं ओभरको चौथो बलमा सुशान्त सिंह थापालाई ४ रनमा एलबिडब्लू आउट गरे । तेस्रो विकेटका लागि सन्दीप रजाली र देव खनालले ६६ रनको साझेदारी गरेका थिए । स्पिनर सागर ढकालको २६ औं ओभरको तेस्रो बलमा रजाली ललित नारायण राजवंशीबाट ४० रनमा क्याच आउट भए । रजालीले ७९ बलमा ६ चौका प्रहार गरे । ३२ औं ओभरको दोस्रो बलमा देव खनाल अर्धशतक बनाउन एक रनले चुके ।

पवन सरार्फको बलमा एज लागेर उनी कुशल भुर्तेलबाट ४९ रनमा समातिन पुगे । देवले ७१ बलमा ७ चौका प्रहार गरे । राजवीर सिंह ४५ बलमा २ चौका सहित २४ रनमा क्याच आउट भए । प्रनित थापा मगरले खाता खोल्न सकेनन् ।

सौरभले अन्तिम तीन बलमा दीपेन्द्रसिंह ऐरीलाई लगातार छक्का प्रहार गरेका थिए । चौथो बलमा पनि ठूलो सट खेल्नेक्रममा क्याच आउट हुन पुगे । पवन सरार्फले ६ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । राशिद खानले ८ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । ललित नारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले १–१ विकेट लिए ।

त्यसअघि  टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । धमलाले १ सय ४५ बलमा ७ चौका र १ छक्का सहित १ सय ४ रनको शतकीय इनिङ खेले ।

दीपेन्द्र सिंह ऐरीले ६१ बलमा ६ छक्का र १ चौका सहित ८५ रनमा क्याच आउट भए । अन्तिम समयमा क्रिजमा आएका पवन सरार्फले १३ बलमै अर्धशतक प्रहार गरे । पवन १३ बलमा ६ छक्का र १ चौका सहित ५० रनमा अविजित रहे ।

आरिफ शेख १४ बलमा २ चौका र २ छक्का सहित २९ रनमा अविजित रहे । सुस्त सुरुवात गरेको पुलिसले उत्कृष्ट अन्त्य गर्नेक्रममा अन्तिम २० ओभरमा २ विकेट गुमाउँदै २ सय १० रन बनाउँदै विशाल योगफल तयार पारेको हो ।

धमलाले १ सय ४२ बलमा प्रधानमन्त्रीकप र राष्ट्रिय प्रतियोगितामा आफ्नो पहिलो शतक प्रहार पूरा गरेका थिए । धमलाले ४३ औं ओभरको चौथो बलमा एक रन बटुल्दै पहिलो शतक पूरा गरेका थिए । जारी प्रतियोगिता दोस्रो शतक हो ।

यसअघि गण्डकीविरुद्ध आर्मीका कप्तान विनोद भण्डारीले १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए । पुलिसका ओपनर कुशल भुर्तेललाई कप्तान कृष्ण कार्कीले सातौं ओभरको अन्तिम बलमा प्रनित थापा मगरबाट ६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । कुशल आउट हुँदा पुलिसले स्कोरबोर्डमा २७ रन जोडेको थियो ।

स्पिनर दिपेन्द्र रावतको २७ औं ओभरको दोस्रो बलमा अमित श्रेष्ठ मिडअनमा २८ रनमा समातिन पुगे । अमितले ४९ बलमा ३ चौका प्रहार गरे । दोस्रो विकेटका लागि अमित र धमलो ५७ रनको साझेदारी गरेका थिए । दीपेन्द्र २६.२ ओभरमा अमित आउट भएपछि ब्याटिङका लागि मैदान छिरेका थिए । उक्त समयमा पुलिस ८४–२ को अवस्थामा थियो ।

त्यसपछि मैदान छिरेका दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै इनिङलाई उकासेका थिए । आरिफ र पवनले पनि उत्कृष्ट ब्याटिङ गरे । सौरभ खनालको ४८ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्नेक्रममा कभरमा प्रनितबाट क्याच आउट भएपछि दीपेन्द्र शतक बनाउन चुकेका थिए । पवन सरार्फले अन्तिम ओभरमा सौरभ खनानलाई सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गरेका थिए ।

Advertisement

चौथो बलमा देव खनालले क्याच छोड्न पुगे । अन्तिम बलमा छक्का प्रहार गर्दै पवनले मात्रै १३ बलमा अर्ध शतक पूरा गरेका थिए । लुम्बिनीका सौरभ खनाल, कृष्ण कार्की, अनिल खरेल र दीपेन्द्र रावतले १–१ विकेट लिए । लुम्बिनीले आफ्नो तेस्रो खेल सुदूरपश्चिमसँग मुलपानीमा माघ १० मा खेल्ने छ । पुलिसले प्रदेश २ सँग माघ १२ मा खेल्ने छ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top