माउन्ट केटुको सफल आरोहण गरेका नेपाली टोलीलाई पाकिस्तानी राष्ट्रपतिको बधाई

९ माघ, काठमाडौं । दोस्रो सर्वाेच्च शिखर माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको नेपाली टोलीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले बधाई दिएका छन् ।

आरोहीहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राष्ट्रपति अल्भीले उनीहरुको उपलब्धीले पाकिस्तानको सफ्ट इमेज प्रवद्र्धन गर्नुका साथै पर्यटनलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रम पाकिस्तानी राष्ट्रपति कार्यालय परिसरमा भएको थियो जहाँ विदेशी देशका सर्वसाधारणको पहुँच कम हुन्छ ।

Advertisement

उनले आरोहीको साहसको प्रशंसा गर्दै नेपाल र पाकिस्तानको बिचमा लामो समयदेखि गहन सम्बन्ध रहेको चर्चा गरे ।

कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान सरकारले आरोहण टोलीलाई गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले भने, ‘नेपाली नागरिकले पाकिस्तानमा प्राप्त गरेको सफलता दुवै देशका लागि गौरवको विषय हो ।’

नेपालका १० जना पर्वतारोहीले गत शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए । संसारको दोस्रो सर्वोच्च शिखर केटुमा हालसम्म हिउँद याममा कोही पनि पुग्न सकेको थिएन ।

नेपालका निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले शनिबार साँझ ५ः४५ बजे (स्थानीय समयअनुसार ५ बजे) ८ हजार ६११ मिटर अग्लो शिखरको सफल आरोहण गरेका थिए ।

दश आरोहीमध्ये निर्मल पुर्जाले अक्सिजनविना आरोहण गरेका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top