ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहन्छः झलनाथ खनाल

८ माघ ७७, शुक्रबार

९ माघ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले जबसम्म घुँडा टेक्दैनन् त्यसबेलासम्म आन्दोलन जारी राख्ने बताएका छन्।

प्रतिनिधि सभा विघटनविरूद्ध आज काठमाडौंमा आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै उनले ओलीले असंवैधानिक तरिकाले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेकोले जनता आन्दोलनमा उत्रिएको बताएका थिए ।

खनालले ओलीलाई पार्टी अध्यक्षबाट हटाइसकिएको र पार्टीबाट निष्कासन गर्ने तयारी रहेको बताए। केपी ओलीलाई पार्टीबाट हामीले निष्कासन गरेका छौं। अब उहाँ कमरेड रहनुभएन,’ उनले भने, ‘ओली कम्युनिष्ट पार्टीका भगौडा हुन्।’

Advertisement

ओलीले सानो गुट बनाएको पनि बताए। उनले कुन पार्टी आधिकारिक पार्टी हो सडकमा आएर हेर्न निम्ता दिएका छन्। उनले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै संविधान बाहिर गएर सर्वोच्चले निर्णय नगर्ने पनि विश्वास व्यक्त गरेका छन्।

‘सर्वोच्चले संसदको पुनर्स्थापना गर्छ। योभन्दा अर्को विकल्प हामीसँग छैन,’ उनले भने, ‘कोही भ्रममा पर्नु पर्ने आवश्यकता छैन।’

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top