९ माघ, काठमाडौं ।
आफ्नो प्रेमिकालाई गोली हानी हत्या गर्ने युवक १० वर्षपछि पक्राउ परेका छन्।
ताप्लेजुङको छाँगे–१ का कुमुकहाङ लिम्बू आङबुहाङलाई काठमाडौं मुलपानीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले जानकारी दिए।
पाँचथरमा २०६७ सालमा आङबुहाङले सामान्य विवाद हुँदा आफ्नो प्रेमिकालाई गोली हानी हत्या गरेका थिए । हत्या पछि फरार भएका उनी १० वर्षपछि पक्राउ परेका हुन्।