१९ कार्तिक , काठमाण्डौ ।
गत भदौ १० गतेको रसुवा–भोटेकोशी बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३५ जनाको आधिकारिक विवरण स्वीकृत ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले जिल्लाका स्थानीय तहबाट सिफारिस भई आएका विवरणलाई विपद्सम्बन्धी कानुनी व्यवस्थाअनुसार अन्तिम रूप दिएको हो ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार स्वीकृत विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउने निर्णय ।
साथै, भोटेकोशी बाढीबाहेक अन्य विपद्जन्य घटनामा परी बेपत्ता भएका तर मृत्युदर्ता हुन बाँकी रहेका व्यक्तिका हकमा वडा कार्यालयमार्फत निवेदन सङ्कलन गरी कार्यपालिकाको निर्णयसहित जिल्ला प्रशासन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था ।



