१९ कार्तिक , काठमाण्डौ ।
मौसम पूर्वानुमान महाशाखाबाट यस बवर्षको तिहारलाई लक्षित गर्दै विशेष मौसम बुलेटिन जारी ।
महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै काग तिहारदेखि भाइटीकासम्मको मौसम पूर्वानुमान सार्वजनिक गर्याे ।

महाशाखाका अनुसार तिहारको समयमा नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहने ।
यस अवधिमा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने ।
कात्तिक २१ गते काग तिहारका दिन कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने ।
कात्तिक २२ गते लक्ष्मी पूजाका दिन हिमाली भूभागका केही तथा पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना ।
कात्तिक २३ गते औँसीका दिन हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने ।
त्यस्तै, कात्तिक २४ गते गोवर्धन पूजा र कात्तिक २५ गते भाइटीकाका दिन पनि हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान ।
तिहारभर तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने पूर्वानुमान ।



