ननभेज आन्दोलनको सामाना गर्न सुरक्षा निकायलाई ओलीको निर्देशन

८ माघ ७७, शुक्रबार

९ माघ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा ननभेज आन्दोलनको उद्घोष भएकाले सजग भएर सामाना गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बलको स्थापना दिवस कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली विरुद्ध ननभेज आन्दोलनको घोषणा भएकाले सजग भएर सामना गर्नुपर्ने बताएका हुन्।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिलाई लक्षित गर्दै उनले भने, लोकतान्त्रिक प्रणालीविरुद्ध ननभेज आन्दोलन घोषणा भएको छ ।

के हो यो ननभेज आन्दोलन भनेको ? शाब्दिक हिसाबले यसमा रफु भरिन सक्छ तर मनसाय फुत्किसकेको छ । सजग भएर सशस्त्र प्रहरी बलले यसको सामाना गर्नुपर्छ,’ ओलीले भने ।

उनले दुई चरणमा निर्वाचन हुने समेत दाबी गरेका छन्। प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनि प्रदेश र सुदुरपश्चिम प्रदेशमा पहिलो चरणमा निर्वाचन गर्ने र प्रदेश १, बागमती र कर्णाली प्रदेशमा दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

त्यसका लागि तयार हुने उनले सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन्। ‘औपचारिक निष्कर्ष त निस्किएको छैन तर दुई चरणमा हामी चुनाव गर्ने तयारीमा छौँ,’ प्रधानमन्त्री ओलीले भने ।

शान्तिपूर्व ढंगले निर्वाचन गराउनका लागि सशस्त्र प्रहरीको भूमिका अहंम रहने उनको भनाइ थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top