पत्रकार आक्रमण प्रकरण, महासंघ र युनियनद्वारा कारवाहीको माग

विराटनगर,जेठ २०
नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि आक्रमण गर्ने समूहलाई तत्काल पक्राउ गरी कारबाही गर्न नेपाल पत्रकार महासंघ र प्रेस युनियन मोरङले माग गरेका छन् ।

आइतबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी दोषीलाई यथाशीघ्र पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।

महासंघका अध्यक्ष बन्धुु पोखरेलद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथिको हमला प्रेस स्वन्तन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरिएको छ । गिरी बेतना एफएम, निरन्तर खबर डटकमका सम्पादक र नेपाल पत्रकार महासंघको सदस्यसमेत हुन् ।

Advertisement

यस्तै आफ्ना कोषाध्यक्ष गिरीमाथि भएको आक्रमणको नेपाल प्रेस युनियन मोरङले घोर भत्सर्ना गरेको छ । आइतबार विज्ञप्ति निकालेर युनियनले आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रशासनसित माग गरेको छ ।

अध्यक्ष मीनकुमार नवोदितले विज्ञप्ति प्रकाशित गरी आक्रमणमा संलग्न सबैलाई कानुनी कठघरामा नउभ्याए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । साथै विज्ञप्तिमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनसमेत माग गरिएको छ ।

Advertisement

“आक्रमणमा संलग्न सबैलाई तत्काल पक्राउ गरी कारबाही गर्न जोडदार माग गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

गिरीमाथि शनिबार राति बेलबारी स्थित घरमै पुगेर आक्रमण भएको थियो । पत्रकार भोजराज बस्नेतका अनुसार जगेन गुरुङ, चित्र थापा र विशाल थापाको समूहले गिरीलाई आक्रमण गरेको थियो । आक्रमणबाट गिरीको टाउकोमा गहिरो चोट लागेको छ ।

गिरी विराटनगरस्थित नोवेल अस्पतालमा उपचारपछि आइतबार बिहान घर फर्किएका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top