×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पर्यटक भित्र्याउन ‘प्रोटोकल’ बाधक : धमाधम रद्ध हुँदै बुकिङ

१० माघ २०७७

काठमाडौँ: सात दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने स्वास्थ्य ‘प्रोटोकल’का कारण नेपाल घुम्न चाहने विदेशी पर्यटक आकर्षित हुन सकेका छैनन् । नेपाल घुमघामको परिस्थितिबारे उनीहरू पर्यटन व्यवसायीसँग जानकारी त लिन्छन् तर विभिन्न प्रावधानका कारण बुकिङ चाहिँ गर्दैनन् । बुकिङ नै गरेका कतिपय पर्यटकले यस्ता प्रावधानकै कारण बुकिङ रद्द गर्नुपरेको अवस्था छ ।

नेपाल पर्यटन बोर्डका अनुसार केही समयअघि मात्र विभिन्न छवटा कम्पनीले नेपालका लागि गरेको १३ लाख डलरको बुकिङ रद्द गरेको छ । इन्टरपे्रट ट्राभल, नेसनल जिओग्राफिक एडभेन्चर, वल्र्ड एक्सपिडिसिन, आरईआईए ट्राभल, बेटर फिल्ड एन्ड रोबिन्सन ट्राभलले गरेको सो रकम बराबरको बुकिङ रद्द गरेको बोर्डका प्रमुख कार्यकारी डा. धनञ्जय रेग्मीले जानकारी दिनुभयो ।

Advertisement

“क्यानडाबाट पनि पर्यटकले जानकारी लिएका छन् । मध्यपूर्वमा रहेका तीन हजारभन्दा बढी पर्यटकले नयाँ वर्षमा नेपाल आउने विषयमा चासो राखेका छन्,” उहाँले भन्नुभयो, “तर सात दिन क्वारेन्टाइन बस्नैपर्ने, अन अराइभल भिसा नपाइनेजस्ता समस्याका कारण त्यस्ता बुकिङ हुन सकेका छैनन् । ”

चीन र भारतका विभिन्न ठाउँबाट नेपाल भ्रमणको जानकारी लिनेको ओइरो नै भए पनि प्रोटोकल बुझेपछि बुकिङ हुन छाडेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष सीएन पाण्डेले जानकारी दिनुभयो । “अहिले मध्यपूर्वबाट पनि बुकिङका लागि चासो आउँछ तर केही अप्ठ्यारा प्रावधानका कारण पर्यटक आउन सकिरहेका छैनन्,” उहाँले भन्नुभयो । नेपाल घुम्न आउने पर्यटकको बसाइ नै सात÷आठ दिने हुने भएकाले त्यतिन्जेल क्वारेन्टाइन बस्नुपर्ने भएपछि अन्य गन्तव्य नै पर्यटकको रोजाइमा पर्न थालेको उहाँले बताउनुभयो ।

Advertisement

त्यसो त सरकारले पर्यटकका लागि नै भनेर अझै नेपाल खुला गरिसकेको छैन । सीमाबाट नेपाल भ्रमणकै लागि भित्रिने सुविधा पनि छैन तर भारतबाट उडानमार्फत नेपाल आउनेले क्वारेन्टाइन बस्नु नपर्ने तर युरोप, अमेरिकाबाट आउनेले बस्नुपर्नेजस्ता विरोधाभास नीतिले नेपालको पर्यटन क्षेत्रमा समस्या ल्याउन सक्ने रेग्मीको भनाइ छ । “नेपालमा नयाँ सिजन पनि आउँदै छ । त्यतिबेला पनि हामीले पर्यटक ल्याउन सकेनौँ भने यो वर्ष नै खेर जाने देखिन्छ,” उहाँले भन्नुभयो । स्वास्थ्य मापदण्डको पालना भइरहेको अहिलेको परिस्थितिमा पर्यटक ल्याउन सक्ने पर्याप्त सम्भावना भए पनि नीतिगत असहयोग भएको उहाँको बुझाइ छ । पर्यटन क्षेत्रमा अर्बौं लगानी भएकाले त्यसको संरक्षणका लागि पनि पर्यटकलाई नेपाल भिœयाउन सकिने गरी प्रोटोकलबाट सहजीकरण गरिनुपर्ने उहाँले बताउनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top