जसपाभित्र तिक्तता बढ्दै, उपेन्द्रलाई कार्यक्रम गर्न नदिने चेतावनी

१० माघ ७७, शनिबार
Share this
720shares

काठमाडौँ : मर्यादाको विषयमा विवाद बढ्दै गएपछि जनता समाजवादी पार्टीमा शीर्ष नेताबीचको तिक्तता झन बढेको छ। राजकिशोर यादवनिकट कार्यकर्ताहरू आफ्नो बाहुल्य भएको ठाउँमा यादवलाई कार्यक्रम नै गर्न नदिने चेतावनी दिएका छन्। राजकिशोरनिकट नेता तथा पार्टीका केन्द्रीय सदस्य राहुल यादवले भने, ‘मेरो गृह जिल्ला उदयपुरमा उपेन्द्र यादवलाई कार्यक्रम गर्न दिन्नौ। हिम्मत छ भने कार्यक्रम गरेर देखाउनुहोस्।’

Advertisement

आफ्नै गृह जिल्ला सिराहामा उपेन्द्रले राजकिशोरलाई अपमान गरेको बताउँदै भने, ‘यो त अति नै भयो। अब चुप लाग्दैनौ।’ माघ ३ गते जसपाले सिराहमा गरेको विरोध प्रदर्शनमा राजकिशोरलाई चौथौ मर्यादामा राखिएको थियो। पहिलोमा रेणु यादव, दोस्रोमा प्रकाश अधिकारी, तेस्रोमा विजय यादव र चौथामा राजकिशोरलाई राखिएको थियो। यसबाट राजकिशोर आक्रोशित भएका छन्।

आफूलाई अपमानित गरेको महशुस गर्दै उनले सिराहाको कार्यक्रम नै बहिस्कार गरेका थिए। त्यसयता उनी पार्टीका सबै सार्वजनिक कार्यक्रम बहिस्कार गरेका छन। स्रोतका अनुसार उनी पार्टी कार्यालयमा समेत गएका छैनन्। आफनै गृह जिल्ला कार्यक्रम हुँदा पनि उनी काठमाडौंमै बसे। यसबारेमा राजकिशोर सार्वजनिक रूपमा बोलेका छैनन तर राजकिशोर निकट कार्यकताले भने पार्टी अध्यक्ष उपेन्द्रप्रति आक्रोश पोखेका छन्।

Advertisement

स्रोतका अनुसार आफू अपमानित भएपछि राजकिशोरले पार्टीभित्रका असन्तुष्ट नेता तथा कार्यकर्तासँग छलफल र परामर्श गरेका छन्। यसैगरी उनले पूर्व समाजवादी पार्टीका असन्तुष्ट केन्द्रीय तहका नेताहरूसँग पनि सम्पर्क गरेको स्रोतको भनाइ छ। ‘यसबाट जसपामा झन ध्रुविकरण बढ्दै गएको छ,’ स्रोतले भन्यो।, आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top