१९ कार्तिक , काठमाण्डौ ।
मोरङको धनपालथान गाउँपालिकाका नागरिकले कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालमा उपचार गराउँदा १० देखि ५० प्रतिशतसम्म छुट पाउने ।
स्वास्थ्य उपचारमा हुने आर्थिक भार कम गर्दै नागरिकलाई सहज र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिका र अस्पतालबीच एक वर्षका लागि समझदारी ।

सम्झौताअनुसार गाउँपालिकाका स्थायी बासिन्दा, जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले विभिन्न स्वास्थ्य सेवा तथा उपचारमा सहुलियत पाउनेछन्।
ओपीडी, आकस्मिक सेवा, बेड शुल्क, प्रयोगशाला परीक्षण, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, दन्त उपचार, सीटी स्क्यान तथा एमआरआईलगायतका सेवामा छुट उपलब्ध हुने ।
कार्तिक १८ गते गाउँपालिका अध्यक्ष जीवछ प्रसाद गच्छदार र अस्पतालका सञ्चालक तथा प्रशासन प्रमुख अनिताकुमारी गच्छदारले हस्ताक्षर गरेको समझदारी आपसी सहमतिमा नवीकरण गर्न सकिने ।
मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीस्थित २०० शय्याको अस्पतालमा २४ सै घण्टा आकस्मिक तथा ट्रमा सेवा, आईसीयू, एनआईसीयू, एचडीयू, सीसीयू र अत्याधुनिक शल्यक्रिया सेवा सञ्चालनमा र



