साढे ४ लाख खोप प्रदेश पठाइँदै

११ माघ, काठमाडौं ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको साढे चार लाख खोप आइतबार प्रदेशमा पठाउने तयारी गरिएको छ ।

स्थानीय तहबाट खोप लगाउने फ्रन्टलाइनरको यकिन तथ्यांक संकलन नहुँदा खोप पठाउन ढिलाइ भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । ‘खोप लगाउनेको यकिन तथ्यांक आइतबार बिहानसम्म संकलन गरी बेलुका अबेर भए पनि खोप पठाउन लागेका छौं,’ विभागका व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले भने ।

जिल्लागत विवरणका आधारमा प्रदेशमा खोप पठाउन लागिएको हो । १० लाखमध्ये दोस्रो चरणमा थप ४ लाख ५० हजार मात्रा पठाइने उनले बताए । ढुवानी गर्न खोपलाई आवश्यक पर्ने तापक्रमको उपकरण जडान गरिएको दुई वटा ट्रक तयारी अवस्थामा राखिएको छ ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १५ मा खोप लगाउन सुरु गर्ने घोषणा गरिसकेका छन् । विभागको योजनाअनुसार केन्द्रबाट प्रदेशमा खोप पुर्‍याउन दुई दिन र प्रदेशबाट जिल्ला अस्पतालसम्म पुर्‍याउन अर्को दुई दिन कम्तीमा लाग्ने अनुमान छ ।

प्रधानमन्त्री ओलीले घोषणा गरेकै दिन खोप सुरु गर्न आइतबार जसरी भए पनि खोप प्रदेशमा पठाउनुपर्ने हुन्छ । सोमबारसम्म प्रदेशमा पुर्‍याउने र बुधबारसम्म जिल्लामा पुग्यो भने मात्रै बिहीबार (१५ गते) देशभरि एकै पटक खोप लगाउन सकिन्छ ।

‘प्रधानमन्त्रीज्यूले खोप लगाउने मिति घोषणा गरिसक्नुभयो, कुन जिल्लामा खोप लगाउने कति हो रु यकिन तथ्यांक संकलन भने हुन सकेको छैन,’ विभागका एक उच्च तहका कर्मचारीले भने ।

जिल्ला तहका स्वास्थ्यकर्मी, सफाइमा खटिने कर्मचारी, महिला स्वयंसेविका, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने व्यक्तिलाई पहिलो चरणमा खोप लगाउन लागिएको हो ।

खोप लगाउन जिल्ला अस्पतालमा बुथ बनाउन लागिएको छ । खोप लगाएपछि हुन सक्ने असरको निगरानी गर्न छुट्टै टोली परिचालन गरिएको विभागले जनाएको छ ।

कर्णालीमा झन्डै १२ हजारलाई खोप लगाइने

सुर्खेत– कर्णाली प्रदेशमा पहिलो चरणमा झन्डै १२ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । आइतबारसम्म खोप कर्णालीमा आइपुग्ने र एक साताभित्र सम्बन्धितलाई दिइने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संघीय सरकारले कर्णालीका लागि करिब ५४ हजार डोज खोप छुट्याएको जानकारी आए पनि पहिलो चरणमा ११ हजार ७ सय ८० डोजमात्र आउने प्रदेश स्वास्थ्य निर्देशक डा. रवीन खड्काले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइनेछ ।

‘योपल्ट जिल्ला अस्पतालमै खोप केन्द्र तोकेर खोप लगाउने योजनामा छौं,’ उनले भने । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top