बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने प्रक्रिया शुरु

१० माघ ७७, आइतबार

११ माघ, बागलुङ ।
बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक) मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ ।

विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया थालिएको हो ।

पुल यही माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो । पुललाई निर्माणपश्चात विश्व रेकर्डमा राख्नका लागि बागलुङ नगरपालिकाले प्रक्रिया थाल्न खोजे पनि कोरोना भइरसका कारण उद्घाटन र हस्तान्तरण हुन नसक्दा ढिलाइ भएको थियो ।

Advertisement

शुरुमा नेपालकै लामो झोलुङ्गे पुल ९सिङ्गल स्पान० भनेर निर्माण गरे पनि पछिल्लो समय यस्तो प्रकारको पुल विश्वकै लामोमा पर्ने बागलुङ नगरपालिकाको दावी छ ।

सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँका सिनियर इन्जिनीयर हुमाकान्त मिश्रका अनुसार विश्वभरको तथ्याङ्क वेबसाइटमा हेर्दा हालसम्म स्विट्जरल्याण्डमा खुला प्रकृतिको झुलुङ्गे पुल जम्मा ४९४ मिटर लामो मात्रै बनेको रेकर्ड भएका कारण बागलुङ र पर्वत जोड्ने उक्त पुल विश्वकै लामो झोलुङ्गे पुल हुनसक्ने अनुमान छ ।

Advertisement

यद्यपि विश्व रेकर्डमा हालसम्म यस्तो प्रकृतिको पुलको विवरणका विषयमा भने प्राविधिकहरु जानकार छैनन् । विश्वमा पछिल्लो समय अन्य लामा झोलुङ्गे पुल थपिएका भए पनि यो भन्दा लामो पुल बनेको हालसम्म वेबसाइटहरुमा उल्लेख भएको छैन ।

पुल बागलुङ नगरपालिकालाई हस्तान्तरण भएर आइसकेपछि यसलाई विश्व रेडर्क कायम राख्ने प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख जनकाराज पौडेलले जानकारी दिए ।

“माघ ३ गतेपछि बल्ल पुल हाम्रो स्वामित्वमा आयो, पुल हस्तान्तरण नहुँदासम्म आधिकारिकता पाएको थिएन”, नगर प्रमुख पौडेलले भने, “विश्व रेकर्ड कायम राख्नका लागि वेबसाइटमा प्राविधिकहरुको सहयोगमा निवेदन दिएका छौँ, निवेदनको ‘रेस्पोन्स’ आइसेको छ, तीन महिनादेखि छ महिनाभित्रै पुल हेर्न आउने जवाफसमेत आइसकेको छ ।”

पौडेलका अनुसार निवेदनपश्चात विश्व रेकर्डको कार्यालयले छानविन गर्नेछ । “हाम्रो पुल विश्वकै लामो ठहर भएमा विश्व रेकर्ड अर्थात गिनिज बुकमा दर्ता हुनेछ”, उनले भने ।

झण्डै रु १२ करोड लागतमा बनेको उक्त पुल १३८ मिटर अग्लो रहेको छ । पुल निर्माण शुरु भएको दुई वर्षमै सकिएको थियो ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top