×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-16-2026 || Nepal Times
Mar 16, 2026
Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026
Playing
Top 15 Afternoon News || Mar-15-2026 || Nepal Times
Mar 15, 2026
Playing
रास्वपाका समानुपातिक सांसद आज फाइनल, मन्त्री बालेनले रोज्ने ? || Nepal Times
Mar 15, 2026
Playing
भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल || Nepal Times
Mar 15, 2026
Playing
यु द्धको अन्त्य अब Tehranको हातमाः राख्यो २ सर्त || Nepal Times
Mar 15, 2026
Playing
एमाले नेतृत्वले कारबाही गर्ने आधार छैन्, अब रिसेट गर्नैपर्ने || Nepal Times
Mar 15, 2026

चुनावको तयारीमा जुटे निर्वाचन कार्यालय

११ माघ २०७७

११ माघ, काठमाडौं ।

सरकारले आगामी वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय दोलखा निर्वाचनका तयारीमा जुटेको छ । कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र हरेक मतदानस्थलको स्थलगत अनुगमनको काम अघि बढेको कार्यालय दोलखाका प्रमुख गोमा धमालाले जानकारी दिइन् ।

Advertisement

विसं २०७४ मा सम्पन्न भएको निर्वाचनमा जिल्लामा तोकिएको मतदानस्थल मतदान केन्द्रका बारेमा परिवर्तन गर्नुपर्ने वा थपघट गर्नुपर्ने विषयमा गाउँपालिकाबाट सुझाव आएसँगै प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अवलोकन गर्ने र यही माघ १२ गते आयोजना गरेको बैठककमा सुझाव पेश गर्ने तयारी रहेको उनले बताइन् ।

कार्यालयले मतदाता नामवली अद्यावधिक तथा मतदानस्थलका विषयमा यही माघ ७ गते जिल्लाको सर्वदलीय बैठक बसी छलफल गरिसकेको छ । सर्वदलीय बैठकमा गौरिशङ्कर, शैलुङ र वैत्येश्वर गाउँपालिकाका विभिन्न वडामा रहेको मतदानस्थल परिर्वतन गर्नका लागि सिफारीस भएको थियो । सात गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लाको स्थानीय तहमा तीन गाउँपालिकाबाट मतदानस्थल परिर्वतनका लागि सिफारीस भएसँगै प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको टोलीले अनुगमन गरिरहेको छ । सुरक्षा समितिको अनुगमनपश्चात् सुझावअनुसार मतदानस्थल परिर्वतन वा थप घट गर्ने विषयमा निणर्य हुने कार्यालय प्रमुख धमलाले जानकारी दिइन् ।

निर्वाचनको घोषण गरेसँगै गतपुस ५ गतेदेखि तस्वीरसहितको मतदाता नामावली थप गर्न रोक लगाएपछि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । एक सङ्घीय र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा कार्यालयले यही माघ १५ गतेदेखि २१ गतेसम्म दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तहका केन्द्रमा मतदाता नामवली अद्यावधिक गर्न लागेको छ ।

उक्त कार्यक्रमअनुसार माघ १५ गते सबै मतदान केन्द्रमा मतदाता नामवली प्रकाशन हुने र १६ देखि १८ गतेसम्म मतदाता नाम वा विवरणमा भएको त्रुटि सच्याएन, दोहोरो नाम हटाउन, झुठो विवरण पेश भएका सच्याउनका लागि उजुरी गर्न सकिने जनाइएको छ ।

कार्यालयले प्रत्येक स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्तिको छनोट गरिसकेको छ । सात गाउँपालिकाबाट पाँचौँ तहका कर्मचारी र दुई नगरपालिकाबाट छटौँ तहका कर्मचारीमध्येबाट स्थानीय तह निर्वाचन सम्पर्क व्यक्ति छनोट गरिसकेको छ । छनोट भएका निर्वाचन सम्पर्क व्यक्तिलाई कार्यालयले आज १ दिनको प्रशिक्षण आयोजना समेत गरेको छ । स्थानीय तह निर्वाचन सम्पर्क व्यक्तिलाई तालीम दिइसकेपछि प्रत्येक स्थानीय तहमा खटाउने तयारी भइरहेको छ ।

१० हजार मतदाता वृद्धि
डडेल्धुरा– डडेल्धुरामा पछिल्लो तीन वर्षमा १० हजार बढीले मतदाता सङ्ख्या बढेको छ । विसं २०७४ को निर्वाचनमा ३८ हजार ५२६ महिला र ३७ हजार २५४ पुरुष गरी मतदाताको सङ्ख्या ७५ हजार ७८० थियो । आगामी वैशाख १७ र २७ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचन कार्यालयको तथ्याङ्गअनुसार यस वर्ष पुससम्म मतदाताको सङ्ख्या ८६ हजार १०१ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्याको बढेको छ । महिलाको सङ्ख्या ४३ हजार ३५९ छ भने पुरुषको सङ्ख्या ४२ हजार ७४२ पुगेको छ । विसं २०७४ पछि तीन वर्षको अवधिमा १० हजार ३२१ ले मतदाता बढेको जिल्लामा ७७ मतदानस्थल र ११० मतदान केन्द्र रहेका छन् । यस वर्ष मतदाता सङ्ख्या बढेकाले मतदानस्थल तथा मतदान केन्द्र बढाउने तयारी भइरहेको कार्यालय प्रमुख कृष्णसिंह नायकले जानकारी दिए ।

निर्वाचन आयोगले यही माघ १५ गतेदेखि २१ गतेसम्म देशभरका सबै स्थानीय तहका केन्द्रमा मतदाता नामावली आद्यावधिक कार्यक्रम सञ्चालन गर्न निर्देशनअनुसार जिल्लामा पनि मतदाता नामावली अद्यावधिक गर्न लागिएको छ ।

तस्बिरसहितको मतदाता नामावली सङ्कलन

डोटी– जिल्लामा तस्वीरसहितको मतदाता नामावली सङ्कलन शुरुआत भएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ । जिल्लामा निर्वाचनसम्बन्धी गतिविधि व्यापकरुपमा अघि बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दलबहादुर मलासीले जानकारी दिए । उनले भने, “वैशाखमा हुने निर्वाचनका लागि हामीले सबै कार्य अगाडि बढाएका छौँ, निर्वाचनको तयारीका विषयमा सरोकारवालासँग छलफल पनि भइरहेको छ ।”

आयोगले यही माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेकोसमेत उनले जानकारी दिए । कार्यालयका अनुसार विसं २०७४ मा भएको निर्वाचनभन्दा आगामी वैशाखमा हुने निर्वाचनमा कम्तीमा पनि १० प्रतिशत मतदाता थपिने भएका छन् । विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा कूल ५७ हजार ४०० महिला र ४९ हजार १४३ पुरुष गरी कूल एक लाख छ हजार ५४३ मतदाता रहेका थिए । उक्त निर्वाचनमा सङ्घीय प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ अर्थात् ६४।७९ प्रतिशत मत खसेको थियो भने समानुपातिकतर्फ ६९ हजार १४९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

खसेका मतमध्ये प्रत्यक्षतर्फ तीन हजार ९१० र समानुपातिकतर्फ सात हजार ४१६ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । कार्यालयका अनुसार जिल्लामा अहिले कूल मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहेको छ । जिल्ला निर्वाचन कार्यालयले यही माघ १५ गतेदेखि २१ गतेसम्म दाबी विरोधको समयसमेत तोकेको छ । जिल्लाका कूल महिला ६२ हजार ३४१ र पुरुष ५५ हजार २७६ मतदाता रहेका छन् । माघ १५ देखि २१ सम्म नौवटै स्थानीय तहको कार्यालयमा दाबी विरोधको समय राखिएको छ । उक्त अवधिमा मतदाता नामावलीमा भएको नाम सच्याउने, नाम हटाउने, केन्द्र सच्याउने जस्ता काम हुने कार्यालय प्रमुख मलासीले जानकारी दिए ।

जिल्लामा आठ वटा मतदान केन्द्र बढ्नसक्ने सम्भावना रहेको बताइएको छ । विसं २०७४ को निर्वाचनमा जिल्लाका ११५ स्थानमा कूल १५७ मतदान केन्द्र रहेका थिए । अहिले मतदाता सङ्ख्या बढेकाले १६४ वा १६५ सम्म हुने सम्भावना रहेको कार्यालयले जनाएको छ । दिपायल सिलगढी नगरपालिका–६ मा रहेको साविकको शैलेश्वरी विद्यालयको मतदान केन्द्र र बडीकेदार गाउँपालिका–४ डिकेवनमा रहेको केन्द्र सार्नुपर्ने अवस्था रहेको कार्यालय प्रमुख मलासीले बताए ।

उनले भने– “सिलगढीमा रहेको शैलेश्वरी विद्यालय अर्को विद्यालयमा गाभिइसकेको हुँदा त्यहाँबाट केन्द्र सार्नुपर्ने देखिन्छ । बडिकेदारको डिकेवनमा रहेको वडा कार्यालयमा आगजनी भएपछि भवन नभएका कारण मतदान केन्द्र सानुपर्ने अवस्था आएको छ ।” मतदान स्थलहरु थप्नु पर्ने जनाउँदै विभिन्न क्षेत्रबाट माग आएको भए पनि व्यवस्थापन गर्न समस्या हुने भएकाले तत्काल थप्नका लागि निकै गृहकार्य गर्नु उनको भनाइ छ ।

आयोगको निर्देशनअनुसार जिल्ला निर्वाचन कार्यालयले निर्वाचनसम्बन्धी कार्यक्रमहरु अघि बढाइरहेको बताइएको छ ।

जिल्ला निर्वाचन कार्यालय तयारीमा

फुङ्लिङ–जिल्ला निर्वाचन कार्यालय तापलेजुङले मतदाता नामावली अद्यावधिक, दाबी विरोध र संशोधनसहितका कार्यक्रम शुरुआत गरेका छ । स्थानीय तहको केन्द्रलाई आधार मानी गत पुस ५ गतेसम्म दर्ता भएका मतदाताको नामावली प्रकाशन यही माघ १५ गते गरी १६ गतेदेखि १८ सम्म नाम सच्याउने र दाबी विरोधका लागि उजुरी दिने, २१ गतेभित्र छानविन गरी नाम हटाउन परेका निवेदनउपर सुनुवाइ गर्ने र माघ २६ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गर्ने कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी मोहनप्रसाद कोइरालाका अनुसार प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको जिल्लामा ८५ हजार ४६७ मतदाता छन् । ती मध्ये ४० हजार १४५ महिला र ४५ हजार ३२२ पुरुष रहेको प्रस्तुत तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकामा आठ हजार ३५६ महिला र आठ हजार ३९८ पुरुष गरी १६ हजार ७५४ मतदाता रहेका छन् ।

यस्तै आठराई त्रिवेणी गाउँपालिकामा चार हजार ३६९ महिला र चार हजार ९०२ पुरुष गरी नौ हजार २७१, मैवाखोला गाउँपालिकामा तीन हजार ३९५ महिला र तीन हजार ८३५ पुरुष गरी सात हजार २३०, मेरिङदेन गाउँपालिकामा तीन हजार ७९६ महिला र चार हजार ४ ५२ पुरुष गरी आठ हजार २४८ जना मतदाता रहेका छन् ।

यस्तै मिक्वाखोला गाउँपालिकामा दुई हजार ९०६ र तीन हजार ४९४ पुरुष गरी छ हजार ४००, सिदिंवा गाउँपालिकामा तीन हजार ८६८ महिला र चार हजार ६६० पुरुष गरी आठ हजार ५२८, सिरिजङ्गा गाउँपालिकामा पाँच हजार २२३ महिला र पाँच हजार ९४९ पुरुष गरी ११ हजार १७२, पाथिभरा याङ्वरक गाउँपालिकामा चार हजार ३०३ महिला र चार हजार ८७७ पुरुष गरी नौ हजार १८० र फक्ताङलुङ गाउँपालिकामा दुई हजार ९२९ महिला र चार हजार ७५५ पुरुष गरी आठ हजार ६८४ जना मतदाता रहेका छन् ।

कामका लागि तीव्ररुपमा तयारी थालिएको जिल्ला निर्वाचन अधिकारी कुमार भट्टराईले बताए । राजनीतिक दलका नेताहरुले कोभिड– १९ का कारण रोजगारी गुमाएर फर्केका र नामावलीमा नाम छुट भएका नागरिकको मताधिकार सुरक्षित गर्न नाम दर्ताको म्याद माघ महिनाभर बढाउनका लागि आयोगसँग माग गरेका छन् ।

नामावली अद्यावधिक गर्ने समय लम्ब्याउन माग

पाँचथर– जिल्लास्थित सरोकारवालाले निर्वाचन आयोगद्वारा तय भएको मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रमको समय लम्ब्याउन माग गरेका छन् । आयोगको निर्देशनबमोजिम जिल्ला निर्वाचन कार्यालयले यहाँका स्थानीय तहमा यही माघ १५ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम तय गरेको छ ।

उक्त अवधि लम्ब्याएर माघ मसान्तसम्म पु¥याउन राजनीतिक दल तथा नागरिक क्षेत्रका अगुवाले माग गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयले फिदिममा आयोजना गरेको अन्तक्र्रियाका सहभागी सरोकारवालाले छोटो समयमा सबै मतदाताले आफ्नो विवरण अद्यावधिक गर्न नसक्ने भन्दै समय लम्ब्याउन माग गरेका हुन् । सरोकारवालाले मतदान गर्ने उमेर पूरा भएका तर वैदेशिक रोजगारीमा रहेका कारण मतदाता नामावलीमा नाम समावेश गर्न नपाएका मतदाताहरुलाई समेट्ने प्रवन्ध गर्न आग्रह गरे ।

जिल्लाका केही वडामा मतदानस्थल थप्नुपर्ने आवश्यकता रहेको बताउँदै सरोकारवालाले निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपरे सोसमेत गर्न माग गरे । अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले सरोकारवालाको मागलाई आयोगमा पठाइने र मतदाताले सहजरुपमा मतदान गर्ने व्यवस्था गर्न पहल गरिने बताए ।

जिल्लामा हाल कूल एक लाख ३२ हजार ७९८ जना मतदाता रहेका छन् । तीमध्ये महिला ६३ हजार ५८६ जना र पुरुष ६९ हजार २१२ छन् । प्रतिनिधिसभा सदस्यको एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १०१ मतदानस्थल तथा १७० मतदान केन्द्र छन् । जिल्लामा हाल सबैभन्दा बढी फिदिम मावि खेल मैदान मतदानस्थलमा चार वटा मतदान केन्द्र रहेका छन् ।

मतदाता नामावली अद्यावधिक गर्ने कार्यका लागि स्थानीय तहका कर्मचारीलाई सहायक नाम दर्ता अधिकारी नियुक्त गरी कार्य सम्पादन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्ने क्रममा सबै मतदातालाई नामावलीमा आफ्नो नाम तथा अन्य विवरण हेर्ने एवं अद्यावधिक गर्नका लागि सहज पहुँज प्रदान गरिने कार्यालयले जनाएको छ । सहायक नाम दर्ता अधिकारीलाई आवश्यक सामग्री, मतदाता नामावली तथा अभिमुखीकरण कार्यक्रम निर्वाचन कार्यालयले प्रदान गर्ने कार्यालयका निमित्त प्रमुख सरोज मेहताले बताए ।रासस

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top