पिएम कप क्रिकेटमा बागमती र एपिएफ सेमिफाइनल प्रवेश

११ माघ ७७, सोमबार

११ माघ, काठमाडौँ ।
लम्बिनी प्रदेशसँग बराबरी खेलेको बागमती प्रदेश काठमाडौमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार लुम्बिनी प्रदेशसँग रोमान्चक बराबरी खेलेको बागमतीले अन्तिम चारमा स्थान बनाउँदै सेमिफाइनलमा पुगेको हो ।

बागमतीले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटिएपछि खेल बराबरीमा टुंगिएको थियो । रोमान्चक बनेको खेलमा लुम्बिनीलाई जितका लागि १ रन आवश्यक थियो । लुम्बिनीले ९ विकेट गुमाईसकको थियो । क्रिजमा रहेका दिपेन्द्र रावत रन आउट भएपछि खेल बराबरीको अवस्थामा पुगेको थियो ।

त्यसअघि लुम्बिनीको लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले सर्वाधिक ४१ रन बनाए । कृष्ण कार्कीले ४१ रन बनाए । यस्तै सौरभ खनालले ३४ रन जोड्दा देव खनालले २६ रन बनाए । बागमतीका विपिन आचार्यले ४ तथा गौतम केसीले २ विकेट लिए । रामनरेश गिरी, इशान पाण्डे र तिलक भण्डारीले १÷१ विकेट लिए ।

Advertisement

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । बागमतीका लागि आदील खान र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेलेका थिए । आदीलले ५५ रन जोड्दा इशानले ५१ रनको योगदान गरेका थिए । यस्तै आकाश थापाले ३९ रन जोड्दा पृथु बास्कोटाले २९ कप्तान ज्ञानेन्द्र मल्ल १४ र नन्दन यादव ११ रनमा अविजित रहे ।

लुम्बिनीका दिपेन्द्र रावतले ३ विकेट लिए । कृष्ण कार्की र सन्दीप सुनारले २÷२ विकेट लिए । लुम्बिनीसँगको खेल बराबरी भएसंगै समूह ‘बी’ एपिएफले ४ खेलमा ७ अंक जोड्यो । एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा समेत पुग्न सफल भयो । लुम्बिनीले भने ४ खेलमा ५ अंक जोड्न सक्यो । लुम्बिनीको सेमिफाइनल यात्रा भने अन्य टिममा निर्भर रहेको छ । अब समूह चरणको अन्तिम खेलमा पुलिस र प्रदेश–२ खेल्ने छ । पुलिस र प्रदेश–२ बीचको खेलले सेमिफाइनल पुग्ने अर्को टोलीको तय हुनेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top