माघ २३ मा ओली समूहले जनसभा गर्ने

१२ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले माघ २३ गते जनसभा गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँको रत्नपार्कमा जनसभा गर्न लागेको हो ।

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै नेकपा बागमती प्रदेश संगठन कमिटी अध्यक्ष आनन्द प्रसाद पोखरेलले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको बास्तविकता जनतालाई जानकारी गराउने उद्देश्यले जनसभा आयोजना गर्न लागिएको बताए ।

जनसभा सफल पार्नको निम्ति नेकपाका नेता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको सयोजकत्वमा ११ सय ११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरेको पनि बताए ।

Advertisement

जनसभा परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले सभामा व्यक्तिकेन्द्रीत आरोप–प्रत्यारोप नगरी विधिसम्मत् राजनीतिक र व्यवहारिक कुरा गर्ने बताए । उनले २३ गतेको जनसभामा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन मार्फत वर्तमान राजनीतिक परिवेशको सम्बन्धमा गोप्य रहेको कुरा सार्वजनिक गर्ने पनि बताए ।

नेकपाले माघ २१ गते १० हजार मोटर साइकल ¥याली पनि गर्ने भएको छ । जनसभामा बागमती प्रदेश अन्र्तगतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्ला गरी १७ जिल्लाका नेता कार्यकर्ताको नेतृत्वमा जनपरिचालन गरी सभालाई सफल बनाइने बताइएको छ । सभामा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु र सदस्यहरुले जनताको नेतृत्व गरी ¥याली सहित जनसभामा सहभागी हुने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top