जाँचपास पनि भएन, नष्ट पनि गरिएन, ५० हजार बोरा मल अलपत्र

१२ माघ ७७, मंगलबार

वीरगञ्ज : साल्ट ट्रेडिङ कर्पोरेसनले बिदेशबाट आयात गरिएको ५० हजार बोरा डिएपी मल नहुँदा पाँच महिनादेखि थन्किएको छ । गएको भदौ ६ गते वीरगञ्जको श्रीर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट) मा आएर ७ गते अनलोड गरिएको भए पनि जाँचपास भएको थियो।

आपूर्तिकर्ता स्वीस सिंगापुरमार्फत साल्ट ट्रेडिङ कर्पोरेसनले भारतको कोलकत्ता बन्दरगाहबाट रेल मार्ग हुँदै वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह ९ड्राईपोर्ट० यार्डमा ल्याईसकेको ५० हजार बोरा डिएपी मल भिजेर जाँचपास गर्न अयोग्य रहेको भनी सुख्खा बन्दरगाह (ड्राईपोर्ट) भन्सारले जाँचपास नगरेपछि बिगत पाँच महिनादेखि भन्सारमा यत्रतत्र छरिएर रहेको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख अमोज लामिछानेले सिंगापुरबाट पानीजहाजमार्फत भारतको कोलकत्ता बन्दरगाहमा ल्याएर राखिएको अवस्थामा बितेको असाररसाउन महिनामा बंगालको खाडीमा आएको ‘अम्फन’आँधीले कोलकत्ता बन्दरगाहमा नै मल भिजेको बताउनुभयो । भिजेकै मल रेलमार्ग हुँदै वीरगञ्ज आईपुगेको उहाँले जानकारी दिनुभयो ।

Advertisement

सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले भिजेर बिग्रिएको अवस्थामा मल आएकाले जाँचपास नभएको रहेछ कुनै प्रयोग गर्न योग्य भए जाँच गरेर मात्र जाँचपास गरिने अन्यथा सबैलाई नष्ट गरिने बताउनुभयो ।

रेल लिकको छेउ, छाऊ र भन्सार गोदाम एवम् अन्य खाली ठाँउमा यत्रतत्र छरिएर रहेका भिजेर बिग्रिएका उक्त डिएपी मलका बोराले अन्य कार्य गर्नमा समेत बाधा अवरोध भइरहेको बन्दरगाह सञ्चालनको जिम्मा लिएको भारतीय कम्पनी प्रिस्टाईन भ्यालीका सञ्चालक सदस्य विकास शर्माले गोरखापत्रलाई बताउनुभयो ।

ठूलो परिमाण भएकाले बिग्रिएका सबै मललाई नष्ट गर्न समेत समस्या पर्ने सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्री बताउनुहुन्छ । अयोग्य कुनै पनि मालवस्तुको भन्सार जाँचपास गर्न नमिल्ने प्रावधान रहेको र त्यस्ता वस्तुलाई नष्ट गर्नुपर्ने भएकाले नष्ट गर्ने प्रक्रिया चलिरहेको उहाँले बताउनुभयो ।

सुरुका दिनमा ४३ वटा बेगन ९रेलको डिब्बा० मा आएको ५० हजार बोरा उक्त डिएपी मलमध्ये करिब ४० हजार बोरा मल पानीले भिजेर बिग्रिएको अवस्थामा रहेको भनिए पनि केही बोरा मात्र काम लाग्ने अवस्थामा रहेको र बाँकी सबै कामै नलाग्ने अवस्थामा रहेको थियो तर भन्सारमा नै रहँदा सबै बोरा बिग्रिसकेको बताइएको छ ।

डलरमा एलसी (प्रतितपत्र) खोलेर ल्याईएकाले नेपाल राष्ट्र बैंकको नियम अनुसार नेपालमा मालसामान आइपुगेको देखाउनु पर्ने भएकाले त्यसलाई भारतको कोलकत्ता बन्दरगाहबाटै फर्काएन र वीरगञ्ज ल्याइएको हो । आपूर्तिकर्ताले नै मालवस्तु आयातकर्ता साल्ट ट्रेडिङ कर्पोरेसनलाई हस्तान्तरण गरी नसकेकाले साल्ट ट्रेडिङ कर्पोरेसनलाई कुनै किसिमको घाटा या नोक्सानी नहुने साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख अमोज लामिछानेले दाबी गर्नुभयो ।

नेपाल सरकारको प्रति बोरा १३२ रुपैयाँ २० पैसा अनुदान रकममा सो मल आयात भएको थियो । भिजेको अवस्थामा उक्त डिएपी मलका आएका कारण किसानले मल पाउन सकेनन् ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top