१३ माघ, काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सोमबार बालुवाटारमा शान्तिपूर्ण विरोध गर्नेहरुमाथि भएको प्रहरी दमनको निन्दा गरेका छन् ।
नागरिक आन्दोलनको आवाज दबाउन गरिएको हस्तक्षेपले केपी शर्मा ओेली नेतृत्वको वर्तमान सरकारको तानाशाही र अधिनायकवादी चरित्र उदांगिएको उनले उल्लेख गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले लोकतन्त्रमा सबैले आफ्ना मत राख्न पाउने बताएका हुन् । सरकारले फरक मतलाई सुन्न सक्ने चरित्रको विकास गर्नुपर्नेमा उनको जोड छ ।
‘‘निहत्था नागरिकमाथि दमन गरेर असंवैधानिक कदमको ढाकछोप गर्ने कुचेष्टाविरुद्ध सबै नागरिकलाई एकताबद्ध हुन र संविधान रक्षाको पक्षमा उभिन पनि म आग्रह गर्दछु,’’ विज्ञप्तिमा भनिएको छ ।