ट्याक्टर दुर्घटनामा परी दुई सहचालकको मृत्यु

१२ माघ ७७, मंगलबार

१३ माघ, विराटनगर । सुनसरी रामधुनी-७ स्थित भित्री सडक खण्डमा को १ त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको लडेर मृत्यु भएको छ ।

Advertisement

हिजो दिउँसो २ बजे कुदिरहेको ट्याक्टरबाट अचानक लडेका सह चालक रामधुनी-६ का २० बर्षीय फुल कुमार सदा गम्भिर घाईते भएका थिए ।

गम्भिर घाईते भएका सदाको धरान घोपामा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement

यसै गरी संखुवासभा पाचखपन-३ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालक पाचखपन-६ का २३ बर्षीय गोबिन्द कोईरालाको मृत्यु भएको छ ।

हिजो बेलुका ६ बजे को २ त ५०१० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खस्दा सोही ट्याक्टरका सहचालक कोईराला घाईते भएकोमा उनको स्थानीय प्राथमिक स्वास्थ्य चौकी वानामा उपचारको क्रममा बेलका पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top