१३ माघ, झापा । झापा शिवसताक्षी-११ स्थित राजमार्गबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दमक-८ का २५ बर्षीय सत बहादुर देवान र सोही स्थानका ३२ वर्षीय दिलिप महत रहेका छन् ।
टेम्पोमा सवार गरी आएका उनीहरुलाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा पश्चात उनीहरु उपर चेकजाँच गर्दा डाईजेपाम-५८ एम्पुल, बुफ्रेनोर्फिन-५७ एम्पुल र प्रोमेथोजाईन-५८ एम्पुल लागुऔषध फेला पारी बरामद गरिएको हो ।
पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।