×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

सुकिलुम्बाबाट सफल भयो परीक्षण उडान

२१ जेष्ठ २०७५

इलाम, जेठ २१
निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट आज सफल परीक्षण उडान भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले इलामबाट गरेको परीक्षण उडान सफल भएको हो । तारा एयरको विमान करीब १२ बजे सुकिलुम्बा विमानस्थलमा अवतरण हुँदा उपस्थित स्थानीय हर्षित भएका थिए ।

Advertisement
Advertisement

परीक्षण उडान हेर्नका लागि सयौँ नागरिक बिहानैदेखि विमानस्थल पुगेका थिए । विमान चालकद्वय प्रभाकर घिमिरे र सञ्जिव मिश्रलाई सफल उडान गरेको भन्दै जिल्लावासीले फूलमालासहित सम्मान गरेका थिए ।

करीब छ वर्षअघि निर्माण शुरु भएको यस विमानस्थलमा ग्राभेलको काम गरिने प्राधिकरणका प्रमुख इञ्जिनियर पुष्प न्यौपानेले जानकारी दिए । सात सय मिटर लम्बाइ र अधिकतम ६० मिटर चौडाइको धावन मार्ग यस वर्ष रु एक करोड १५ लाखमा ठेक्कामा दिइएको थियो ।

माईखोलासम्म ढल व्यवस्थापन रु आठ करोडमा भइरहेको उनले बताए। धावनमार्ग कालोपत्र प्रक्रिया छिट्टै अगाडि बढाइनेछ । तीन सय २५ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थल निर्माण गर्न स्थानीय निकाय र समाजसेवीको पहलमा जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थल निर्माण भए पूर्वी पहाडी भेगका स्थानीयवासीलाई सहज हुनेछ ।

Advertisement
Advertisement

जिल्लाका पर्यटन व्यवसायीसमेत विमानस्थल निर्माणबाट गति लिने र पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षामा छन् ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top