×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

निर्दाेष ब्यक्तिमाथि प्रहरीकै चरम यातना

२१ जेष्ठ २०७५

विराटनगर,जेठ २१
सुनसरीको इटहरीमा निर्दाेष ब्यक्तिलाई प्रहरीले चरम यातना दिएको खुलासा भएको छ ।

गाजा खाएको आरोपमा प्रक्राउ परेका इटहरी ५ का २१ बर्षिय सन्तोष भण्डारीलाई आफूले आवेशमा आएर यातना दिएको प्रहरी सहायक निरिक्षक रमेश कटुवालले स्वीकार गरेपछि घटना बाहिरिएको हो ।

Advertisement
Advertisement

 

गत जेठ ६ गते साँझ इटहरी ५ का २१ बर्षिय सन्तोष भण्डारीलाई अस्थाई प्रहरी चौकी जनता बस्तीको कार्यालय भित्र यातना दिइएको हो । भण्डारीलाई चौकीका असई रमेश कटुवालले कार्यालय भित्र बाधेर उधोमुन्टो पारी बुट र पाईपले पिटेका हुन ।

६ गते साँझ जनता बहुमुखी कलेज नजिकबाट भण्डारीलाई कटुवाल र अर्का असई केशब थापाले नियन्त्रणमा लिएका थिए । प्रहरी जनता कलेज आसपास युुवाहरुले गाँजा खाएको सुचनाको आधारमा त्यहाँ पुगेको थियो ।

गाँजा खाने युवाहरु प्रहरी देखेर फरार भएका थिए भने भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिई चौकीमा उधोमुन्टो पारी एक घण्टासम्म असई कटुवालले यातना दिएका थिए । उधोमुन्टो पार्दा भण्डारीको आखा र टाँउकोमा रगत जमेको छ भने शरिरभर निल डामको दाग प्रष्ट देख्न सकिन्छ ।

‘त पनि गाँजा खाने हैन भन्दै पिट्दैपिट्दै चौकी पुराइयो, भण्डारीले भने, चौकीमा पाईप र बुटले शरिरभर निलडाम हुने गरि पिटे । असई कटुवालले गाँजा किन खाएको कहाँदेखि ल्याएको भन्दै कुटपिट गरेको भण्डारी बताउँछन । पछि खानतलासी गर्दा गाँजा काट्ने मेशिन र चिलिम भेटिएको भनी कागजमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको भण्डारीको भनाई छ ।

Advertisement
Advertisement

प्रहरीले उनलाई भोलि पल्ट बिहान छाडेको थियो । यता कुटपिटमा संलग्न असई रमेश कटुवालले सामान्य सोधपुछ गर्दा कुटपिट गरेको स्वीकारेका छन । अबेगमा आएर यस्तो घटना भएको उनले बताएका छन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top