१३ माघ, कोलम्बो ।

सरकारले रूसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिइएको हो ।

श्रीलङ्काको पत्रिका द मर्निङले सोमबार सम्प्रेषण गरेको समाचार अनुसार राष्ट्रिय औषधि अनुगमन प्राधिकरण (एनएमआरए)ले दबै खोप प्रयोगका लागि उपयुक्त रहेको निश्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कमल जयसिंघेले कोभ्याक्सीनलाई अनुमति दिने सिफारिस यही जनवरी २२ मा गएिको र त्यसपछि स्पुतनिक–भीलाई अनुमति दिन सिफारिस गरिएको जानकारी दिए।

“सवै कुरा यथावत रहेमा कोरोनाविरुद्धको खोप झण्डै दुई हप्तामा दिन सकिने सम्भावना रहेको छ, अझ त्यो भन्दा चाडो पनि हुनसक्छ,” जयसिंघेले भने।

श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापक्षेले यस हप्ताको अन्त्यसम्ममा भारतमा बनाइएको खोप श्रीलङ्का आइपुग्ने विश्वास व्यक्त गरे ।

श्रीलङ्काले पहिलो चरणमा छ लाख खोप ल्याउने र लगाइदिने तयारी गरेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

खोप लगाउनका लागि सबैभन्दा पहिला अग्रपङ्क्तिमा खटिएकाहरूलाई प्राथमिकता दिइने भएको छ भने त्यसपछि क्रमशः लगाउनेहरूको प्राथमिकता क्रम पनि निर्धारण गरिएको छ ।

श्रीलङ्कामा अरु देशको तुलनामा धेरै पछाडि कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिइएको हो ।रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *