श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

१३ माघ, कोलम्बो ।

सरकारले रूसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिइएको हो ।

श्रीलङ्काको पत्रिका द मर्निङले सोमबार सम्प्रेषण गरेको समाचार अनुसार राष्ट्रिय औषधि अनुगमन प्राधिकरण (एनएमआरए)ले दबै खोप प्रयोगका लागि उपयुक्त रहेको निश्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको छ ।

Advertisement

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कमल जयसिंघेले कोभ्याक्सीनलाई अनुमति दिने सिफारिस यही जनवरी २२ मा गएिको र त्यसपछि स्पुतनिक–भीलाई अनुमति दिन सिफारिस गरिएको जानकारी दिए।

“सवै कुरा यथावत रहेमा कोरोनाविरुद्धको खोप झण्डै दुई हप्तामा दिन सकिने सम्भावना रहेको छ, अझ त्यो भन्दा चाडो पनि हुनसक्छ,” जयसिंघेले भने।

Advertisement

श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापक्षेले यस हप्ताको अन्त्यसम्ममा भारतमा बनाइएको खोप श्रीलङ्का आइपुग्ने विश्वास व्यक्त गरे ।

श्रीलङ्काले पहिलो चरणमा छ लाख खोप ल्याउने र लगाइदिने तयारी गरेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

खोप लगाउनका लागि सबैभन्दा पहिला अग्रपङ्क्तिमा खटिएकाहरूलाई प्राथमिकता दिइने भएको छ भने त्यसपछि क्रमशः लगाउनेहरूको प्राथमिकता क्रम पनि निर्धारण गरिएको छ ।

श्रीलङ्कामा अरु देशको तुलनामा धेरै पछाडि कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिइएको हो ।रासस/सिन्ह्वा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top