×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

सावित्रा चम्किएपछि पुलिसमाथि एपिएफको जित

१५ माघ २०७७

१५ माघ, काठमाडाैँ ।

सावित्राले जारी लिगमा तेस्रो ह्याट्रिक पूरा गर्दा बिहीबार एपिएफले जित निकालेको छ भने अर्को खेलमा वालिङ नगरपालिका स्याङ्जाले चौदण्डीगढीमाथि फराकिलो जित निकालेको छ ।

Advertisement
Advertisement

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा एपिएफलाई जित दिलाउन सावित्रा एक्लैले तीन गोल गरेकी हुन् । पुलिसमाथि सुरुआतबाट नै दबाब सिर्जना गरेको एपिएफका लागि सावित्राले ३२औं, ५६औं र ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । यससँगै सावित्राको जारी प्रतियोगितामा तेस्रो ह्याट्रिक भएको छ । लगातार चार खेलमा स्पष्ट जित निकालेको एपिएफको अंक तालिकामा १२ अंक पुगेको छ ।

एपिएफ तालिकाको शीर्ष स्थानमा यथावत रहँदा जारी लिगमा पहिलो हार भोगेको पुलिसको समान ४ खेलबाट ५ अंक भएको छ । पुलिसले दुई खेलमा बराबरी खेल्दा एक खेलमा सुखद नतिजा निकालेको छ ।

यस्तै आजको पहिलो खेलमा वालिङले चौदण्डीगढीमाथि १०–० को जित निकाल्दा दिनको दोस्रो खेलमा एपिएफले नेपाल पुलिस क्लबमाथि ३–० को जित निकालेको हो । जारी लिगमा पहिलो जित निकालेको वालिङलाई फराकिलो जित दिलाउनका लागि विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गर्दा सम्झना शर्माले दुई तथा मनमाया दमाई र टौटा ओरेनेला नोईलीले समान एक÷एक गोल गरे ।

पहिलो जित निकालेको वालिङको अंक तालिकामा ५ अंक बनाएको छ । पराजित चौदण्डीगढीको जारी लिगमा यो तेस्रो हार हो । चौदण्डीगढीको तालिकामा अंक बिहीन छ ।

Advertisement
Advertisement

प्रतियोगितामा शुक्रबार एक खेल हुनेछ । दिनको २ बजे हुने खेलमा विभागीयट टोली त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका रौतहटबीच प्रतिस्पर्धा हुनेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top