×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

समुद्रमा अत्यधिक माछा मार्ने कार्यले शार्कको संख्यामा नाटकीय रुपमा कमीः अध्ययन

१५ माघ २०७७

१५ माघ, टोकियो।

समुद्रमा अत्यधिक माछा मार्ने गरिएपछि शार्कका कतिपय प्रजातिको संख्या पछिल्लो ५० वर्षमा ७० प्रतिशतभन्दा बढीले समाप्त भइसकेको एक अध्ययनले देखाएको छ । माछा मार्नेक्रम वर्षैपिच्छे बढेपछि सामुद्रिक जीवनचक्रमै ठूलै खाडल सिर्जना भएको पनि अध्ययनको निचोड छ ।

Advertisement
Advertisement

अनुसन्धाताहरुले हथौडाजस्तो टाउको हुने शार्कदेखि चराजस्तो देखिने विशाल माछा सम्मका अनेकौं प्रजातिको डरलाग्दो रुपमा ह्रास आइरहेको बताएका छन् । सर्वाधिक प्रभावित जीवजन्तुमा सामुद्रिक विशाल शार्कहरु ९ओसियानिक ह्वाइटटिप० रहेका छन् जसले मानिसलाई आक्रमण गरिरहन्छ । मानवीय क्रियाकलापका कारण यस प्रजातिको शार्क लोपोन्मुख अवस्थामा पुगिसकेको छ ।

यी शार्कलाई मानिसले पखेंटाका लागि शिकार गर्दछन्, र विश्वका कतिपय मुलुकमा ठूलै मूल्यमा खुलेआम बिक्री गर्दछन् । यी शार्कको विश्वव्यापी संख्या विगत ६० वर्षमा करिब ९८ प्रतिशतले घटेको साइमन फ्रेजर विश्वविद्यालय ९एसएफयु० का प्राध्यापक एवं अध्ययन टोलीका वरिष्ट लेखक निक डल्भीले बताए।

उनले भने, “यी शार्कको विनाश अन्य अधिकांश विशाल स्तनपायीको विनाशभन्दा बढी भयावह देखिएको छ । ब्यू ह्वेलको विनाशभन्दा अहिलेको अवस्था नाजूक छ ।” अध्ययनका प्रमुख लेखक नाथन पचौडाले भने, “यी जीवजन्तु पृथ्वीका सबैभन्दा ठूला र दूरदराजमा बासस्थान रहेका छन् जसलाई प्रायः मानव प्रभावबाट जोगाउनु पर्ने ठानिन्छ ।”

“हामीलाई थाहा छ भिन्नभिन्न अध्ययन र प्रतिवेदनहरुबाट आएका ती सूचनाहरु धेरै स्थानमा अवस्था निकै खराब थियो । त्यसैले विश्वव्यापी परिस्थितिको बारेमा कल्पना गर्न निकै गाह्रो थियो” एसएफयुका जैविक विज्ञान विभागका पचौडाले बताए । नेचर नामको जर्नलमा बुधबार प्रकाशित अध्ययनले अत्यधिक माछा मार्ने र कमजोर संरक्षणलाई औंल्याएको छ । संरक्षणका प्रयासले पुनः उही अवस्थामा ल्याउन सकिने पनि अध्ययनको निचोड छ ।

यो अनुसन्धानले खासगरी सामुद्रिक शार्क र ठूला माछालाई केन्द्रित गरेको छ । यी जीवहरु मुख्यरुपमा खुला जलक्षेत्रमा बस्छन् । प्राध्यापक पचौडाले भने, “तथ्य विवरणले सामुद्रिक जीवनमा ठूलै र अकल्पनीय खाडल सिर्जना गर्दैछ ।”

अध्ययनमा समेटिएका १८ प्रजातिहरुको विश्वव्यापी संख्या सन् १९७० यता ७० प्रतिशतभन्दा बढी नै खस्किएको प्रतिवेदनमा उल्लेख छ । डल्भीको भनाईमा अन्य प्रजातिका सामुद्रिक जीवजन्तुको यो संख्या सामुद्रिक शार्क र ठूला माछाको जस्तै वा त्योभन्दा खराब अवस्था रहेको छ । तर त्यसबारे विस्तृत अध्ययन हुन पाएको छैन । पचौडाले भने, यो नतिजाले विज्ञहरुलाई निकै चिन्तित बनाएको छ ।

अध्ययनका अर्का लेखिका एवं म्यारिन मेगाफौना फाउन्डेसनका सहसंस्थापिका आन्द्रे मार्शलले भन्नुभयो, ठूला सामुद्रिक माछाहरुको संख्या मोजाम्बिकको जलक्षेत्रमा पनि नाटकीय रुपमा कमी आएको छ । “हामीले अनुमान गरेभन्दा यो निकै छिटो गतिमा भइरहेको छ र यसका बारेमा जतिसक्दो चाँडो संरक्षणका कार्यहरु गरिनु पर्दछ ।”

तीन प्रजातिका शार्कहरु खासगरी हथौडा आकारको टाउको हुने शार्क बढी नै संकटापन्न अवस्थामा छन् । यिनीहरुको संख्या ८० प्रतिशतभन्दा बढीका दरले घटेको छ । यी शार्कहरुको संख्या घट्नुमा मुख्यतः यिनीहरुको प्रजननको दर कम हुनु र हुर्किनेक्रम पनि सुस्त हुनु हो । पछिल्लो आधा शताब्दीमा माछा मार्न प्रयोग गरिने घातक जालहरुको संख्या पनि दुई गुणा बढेको पाइएको छ । यी जालले समग्र सामुद्रिक पर्यावरण र जीवजन्तुको बासस्थानलाई नराम्रो असर पारिरहेको छ ।

अन्तर्राष्ट्रिय मत्स्यपालनको व्यवस्थापन हेर्ने क्षेत्रीय निकायहरुले शार्कजस्ता दुर्लभ जीवजन्तुको संरक्षणलाई खासै प्राथमिकता दिइरहेका छैनन्, पचौडा भन्छन् । उनले संकटापन्न र गम्भीर रुपमा संकटमा परिरहेका प्रजाति मार्न प्रतिबन्ध लगाउन माग पनि गरेका छन् । पछिल्लो समय अमेरिकाले अघि सारेका नियम कानुनका कारण अमेरिकी जलक्षेत्रमा सेता शार्कहरु पुनः देखिन थालेका छन् । प्रा। पचौडा भन्छन्, “प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन सके संकटापन्न शार्कहरुलाई लोप हुनबाट रोक्न सकिन्छ । त्यो अनुभव भइसकेको छ ।”

सर्वसाधारण आम नागरिकले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न आआफ्ना सरकारमाथि दबाब दिनुपर्ने डल्भीको भनाई छ । उनले भने, “जहाँ जहाँ सम्भव हुन्छ, शार्कको संरक्षणका लागि सरकारसँग आग्रह गर्नुहोस् ।

Advertisement

सारा हुसेन(रासस / एएफपी)

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top