टि १० लिग : सोमपाल सम्मिलित मराठाको विजयी सुरुवात

१५ माघ ७७, शुक्रबार

१५ माघ, एजेन्सी ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी सम्मिलित मराठा अरेवियन्सले आबूधाबी टि १० लिगमा विजयी सुरुवात गरेको छ ।

बिहिबार भएकाे पहिलाे खेलमा मराठाले नर्थन वारियर्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । अन्तिम बलमा मोसदेक होसेनले चौका प्रहार गर्दै जित पक्का गरेका थिए ।

Advertisement

मराठाको जितमा ओपनर अब्दूल सकुर २८ बलमा ७ चौका र ५ छक्का ७३ रनको रनको विष्फोटक इनिङ खेले । जावेद अमहद ६ र लाहिरु इभान्स ९ रनमा आउट भए । अब्दुल सकूरले १४ बलमै अर्धशतक प्रहार गरेका थिए । मोहम्मद हफिज १९ रनमा आउट भए । फबिएन एलेन २ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको नर्दनले १० ओभरमा २ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । नर्थनका ओपनर लेन्डन सिमन्स ३१ बलमा ७ चौका र १ छक्का सहित ५४ रनमा अविजित रहे । त्यस्तै रोभमन पवेल ७ बलमा २ चौका र २ छक्का सहित २२ रनमा अविजित रहे ।

ओपनर सिमन्स र बे्रन्डन किंगले ५.१ ओभरमा ६२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । रन आउट हुनुअघि किंग्सले १३ बलमा ४ छक्का सहित २९ रनको योगदान दिए । निकोलस पुरन ९ बलमा २ चौका र १ छक्का १९ रनमा सोमपाल कामीबाट क्याच आउट हुन पुगे । सोमपाल कामीले २ ओभरमा २८ रन खर्चेपनि विकेट लिन सकेनन् ।

डेब्यू खेलमा सोमपलले टोलीको प्रमुख तीव्र गतिको बलरको रुपमा खेल्दै पहिलो र अन्तिम ओभर गरेका थिए ।सोमपालको टोलीले अव शनिबार दिल्ली बुल्ससँग खेल्ने छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top