श्रीमतीका गहना धरौटी राखी छ किलोमिटर सडक !

२२ जेठ ७५, मंगलबार
Share this
774shares

बझाङ, जेठ २२
जिल्लाको तलकोट गाउँपालिकाअन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् ।

Advertisement

विगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा (रजवार) नारायण सिंहले सो सडक खण्डको परिकल्पना गरी २०६५ सालदेखि सडक निर्माण कार्य शुरु भएको हो । शुरुवाती सडक निर्माण कार्य गर्दा सात तोला सुन बैंकमा धरौटी राखी रजवार नारायण सिंहको नेतृत्वमा निर्माण कार्य शुरु गरिएको स्थानीयको भनाइ छ ।

कुनै दिनमा चैनपुरबाट भारी बोकेर दैनिकी चलाइ राख्न एकदमै गाह्रो हुन्थ्यो । अहिले सडक आउँदा गाउँका सर्वसाधारण गरीब जनताले घरमै सस्तो मूल्यमा चामल पाएर केही राहत भएको बताए ।

Advertisement

“सडक निर्माण गर्दा धेरै दुःख पायाैँ , जस्मा सात तोला सुन बैंकमा राखी डोजरको सम्झौता गरेका थियाैँ । अहिले विभिन्न निकायबाट करीब रु २९ लाख समितिमा आएको छ । यसमध्ये डोजर मालिकलाई दिनुपर्नेलगायत साहुबाट रु तीनका दरले ब्याजमा ऋण निकालेर अहिले रु ३४ लाखको भर्पाइ बनाइएको छ,” रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण समितिका सचिब रघुवीर सिंहले बताए ।

सरकारले गर्न नसक्ने काम एक व्यक्तिले घरघडेरी धरौटी राखी सबै जनतालाई यातायातको सुविधा दिनुभएकोमा उनले धन्यवाद दिए ।

Advertisement

“शुरुवातमा विभिन्न व्यक्तिबाट रु २० लाख जम्मा भयो । स्थानीय तहबाट सबै गरी रु १८ लाख सहयोग प्राप्त भयो । अहिलेसम्म उधारो रु ४३ लाख तिर्न बाँकी छ । बल्लबल्ल अहिले धेरैपछि सफलताको एक बिन्दुमा पुगेका छौँ । अहिले यस क्षेत्रका जनताले यसै बाटोबाट सेवा सुविधा लिएका छन्,” तलकोटी राजा (रजवार) नारायण सिंहले बताए ।

“कुनै पनि योजना सफल गर्नका लागि योजनाको यथार्थ बजेट नहुँदा समितिका दाजुभाइले दुःख पाएका छन् । अब जनता बाटोमा हिँडेका छन्, जनतालाई सुख छ,” उनले भने ।

जनताका लागि दुःख गर्नु राम्रो हो तर आफ्नै घरबार विजोग हुने गरी धेरै जोखिम उठाएर काम गरेकामा समितिलाई धन्यवाद, उनले भने ।

जिल्लामा सडक निर्माण कार्य धमाधम सरकारी लगानीमा भइरहेका छन् तर यस क्षेत्रका स्थानीयले केही वर्ष अगाडि सुन धरौटी राखी र एक व्यक्ति बराबर रु एक लाखदेखि चार लाखसम्म व्यक्तिगत लगानी गरेर छ किलोमिटर सडक निर्माण गरेका छन् ।

अहिलेसम्म रु ६४ लाखमा रुपातोलादेखि तलकोट खौला सडकखण्डमा खर्च गरेर निर्माण गरेका छन् । यस क्षेत्रमा पनि सरकारले गर्ने काम स्थानीय जनताले गरेका छन् । जनताका समस्यालाई ध्यान दिने सरकारको अनुभूति पाइयोस्, सिंहले भने ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top