वातावरण दिवसका अवसरमा इटहरीमा ९०० विरुवा रोपण

२१ जेठ ७५, मंगलबार

इटहरी, जेठ २२
अठ्चालीसौँ विश्व वातावरण दिवसका अवसरमा आज सुनसरी जिल्लाका विभिन्न स्थानमा सरसफाइ एवं वातावरण संरक्षणसम्बन्धी सचेतना अभियानसँगै १२ स्थानीय तहले आआफ्नै क्षेत्रमा वृक्षरोपण एवं वातावरण संरक्षण सम्बन्धमा सचेतनमूलक कार्यक्रम सञ्चालन गरेका छन् ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सुनसरीको योजनामुताबिक इटहरी उपमहानगरपालिका–१२ स्थित खनारको सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरका डिल क्षेत्रमा करीब चार सय विभिन्न जातका बिरुवा रोपिएको छ । उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत जनप्रतिनिधिसमेतको उल्लेखनीय सहभागिता थियो ।

त्यसैगरी उपमहानगरपालिका क्षेत्रमा प्लास्टिक झोला निषेध अभियान चलाइएको छ । यसै अवसरमा सशस्त्र प्रहरी, बराह बाहिनी मुख्यालय पकली सुनसरी परिसरमा विभिन्न जातका पाँच सय बिरुवा रोपिएको सिद्धकाली गणका सशस्त्र प्रहरी उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिए ।

Advertisement

यस्तै धरान, इनरुवा, दुहबी, बराहक्षेत्रलगायत स्थानमा पनि बिरुवा रोपणका साथै सरसफाइ कार्यक्रम सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरी सुनसरीका डिभिजनल इञ्जिनीयर देवनाथ सिंहले जानकारी दिए ।

सोही सन्दर्भमा १९ आैँ राष्ट्रिय सरसफाइ दिवसको उद्घाटन गर्दै डिभिजनल इञ्जिनीयर सिंहले डिभिजन कार्यालय र त्यसअन्तर्गतका विभिन्न स्थानमा बिरुवा रोप्ने कार्यसमेत भएको बताए ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top