ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या ६५ पुग्येा

(180604) -- CHIMALTENANGO, June 4, 2018 (Xinhua) -- Photo taken on June 3, 2018, shows houses covered by ashes during the eruption of the "Volcan de Fuego", in Acatenango, Chimaltenango Department, Guatemala. At least seven people have been killed and 296 others injured in Guatemala as a highly active volcano near the country's capital erupted for the second time this year, authorities said Sunday. (Xinhua/Prensa Libre) (rtg) (ah)

ग्वाटेमाला, जेठ २२
ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ६५ पुगेको छ ।

राजधानी शहरनजिकै अवस्थित स्थानमा एक शताव्दियताकै शक्तिशाली विस्फोट भएको पुष्टि गरिएको छ । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका थिए ।

फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा थप शवहरू फेला परेका भए तापनि र दर्जनौँ मानिसहरू हराइरहेका उल्लेख गरिएको छ । मध्य अमेरिकी देश ग्वाटेमालाको विपद्सम्बन्धी निकायले उक्त जानकारी दिएको छ ।

ग्वाटेमाला सिटीभन्दा ३५ किलोमिटर पर रहेको उक्त क्षेत्रमा तीव्र वेगमा तातो खरानी र लाभाबाट जोगाउने क्रममा चार हजार भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको जनाइएको छ ।

उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएका कैयौं व्यक्तिहरूले आफ्ना आफन्त हराइरहेका बताएका छन ।

त्यसमा परी अरु करिब ४६ व्यक्ति घाइते भएका र ती मध्ये प्रायःको अवस्था चिन्ताजनक भएको बताइएको छ ।

आइतबार राति भएको यस प्रकोपमा परी कम्तीमा पनि १७ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । ती मध्ये ३ हजार २७१ व्यक्तिलाई १ हजार ७८७ शरणार्थी स्थलमा सारिएको बताइएको छ ।

सुरुमा यस प्रकोपमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २५ भएको बताइएको थियो । पछि सो सङ्ख्या बढेर ६५ पुग्यो अझै पनि व्यक्ति हराइरहेका र घाइते मध्ये पनि कैयौको अवस्था चिन्ताजनक भएको मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

यहाँको सेना र प्रहरीले उद्धारको काम जारी राखेका छन । उनको सहयोगमा ठूलो सङ्ख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको छ ।

उद्धारकर्ताका उक्त पहाडी क्षेत्रमा अकस्मात ज्वालामुखीको गतिविधि बढेको र खरानीको मुस्लोका कारण दिउँसोको नै रातिको दश बजे जस्तो लागेको बताएका छन् ।

ज्वालामुखी विज्ञ जेनिन क्रिपनरले फोएगो एकदमै सक्रिय ज्वालामुखी भएको त्यहाँ खुकुलो प्रकृतिका ज्वालामुखीबाट निस्कने बस्तुहरू रहेका बताएका छन् ।

उनले भीषण पानी परेको अवस्थामा यस्ता ज्वालामुखीबाट एकदमै ठूलो परिमाणमा भग्नावशेष र चट्टानसहितको भेल बाहिर बग्ने गर्छ जुन एकदमै खतरनाक र घातक हुनसक्ने पनि थप जानकारी दिएका छन् ।