जेठ २२ ,मंगलबार(नेपाल टाईम्स) : सोमालियाको सोमालील्याण्डमा आएको आँधीका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ७० जना बेपत्ता भएका छन् ।
केही दिनदेखिको आँधीसँगै आएको बर्षा र बाढीका कारण ४९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको मानवअधिकार मामिलाका अधिकारीहरूले जनाएका छन् ।
प्रकोपबाट एक लाख ६८ हजार मानिस प्रत्यक्ष रुपमा प्रभावित भएको जनाइएको छ । अहिले आएको आँधी सोमालियामा अहिलेसम्मका आँधीहरूमध्येको सबैभन्दा ठूलो र शक्तिशाली भएको बताइएको छ ।
उक्त आँधी, बर्षा र बाढीमा परी हजारौँ पशुचौपाया मरेका छन् भने हजारौं मानिस विस्थापित भएका छन् ।