×

NEPAL TIMES UPDATES

Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026

यूकेमा कोभिड–१९ का कारण एक लाखभन्दा बढीको मृत्यु

१८ माघ २०७७
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

१८ माघ, बीबीसी ।
कोरोनाभाइरसका कारण यूकेमा एक लाखभन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन्। गत वर्ष यतिबेला कोरोनाभाइरस यूकेका लागि धेरै परको विदेशी त्रासझैँ लाग्थ्यो।

तर संसारको धनीमध्येको एक यो देशमा कोभिड–१९ का कारण कसरी यति धेरै मानिसको मृत्यु भयो त ? त्यसको सहज उत्तर कसैसँग छैन। महामारी सकिएपछि सायद यसको लामो र विस्तृत सार्वजनिक जाँचबुझ पनि होला।

तर त्यसको सङ्केत दिने थुप्रै केही कुराहरू छन् जसलाई एक ठाउँमा राखेर हेर्दा किन यस्तो भयो भन्ने एउटा चित्र देखा पर्छ। कसैले सरकारतिर औँला तेर्‍याउँदै कैयौँ पश्चिम युरोपेली देशले भन्दा ढिलो लकडाउन गरेको, जाँच र सम्भावित सङ्क्रमितको सञ्जाल पत्ता लगाउने काम स्पष्टसँग गर्न नसकेको र स्याहारगृहमा बस्नेहरूलाई संरक्षण गर्न नसकिएको बताउँछन्।

अन्यले भने ब्रिटिश समाजमा भित्रैसम्म गढेका समस्याहरू देखाउँछन्। जस्तो, सार्वजनिक स्वास्थ्यसम्बन्धी गम्भीर अवस्था, मोटोपनाको उच्च दर आदि। कतिपयले त्यसलाई यूकेका केही ठूला क्षमताहरूसँग जोडेर समेत हेर्ने गरेका छन्।

तिनले अन्तर्राष्ट्रिय हवाई उडानका क्षेत्रमा यूकेको स्थान एउटा जीवन्त केन्द्रको रूपमा रहनु, जातीय रूपमा विविधतापूर्ण र ठूलो जनघनत्व भएका स्थानमा भाइरस फैलिँदा त्यो सहजै धेरै मानिसमा सरेको हुनसक्ने ठान्छन्।

यूकेको जस्तै टापु मुलुक भएका अस्ट्रेलिया, न्यूजील्याल्ड र ताइवानले तत्कालै आफ्ना सीमामा प्रतिबन्ध लगाउनुका साथै आन्तरिक लकडाउन गरेर भाइरसलाई फैलनबाट रोके।

त्यसले उनीहरूमा मृत्युको सङ्ख्या कम हुन सक्यो। तर यूकेमा त्यसो भएन। देशका सबै आगन्तुकलाई जुन महिनापछि मात्र क्वारन्टीनमा बस्ने नियम ल्याइएको थियो तर तत्कालै केही देशका यात्रुमा त्यो खुकुलो पारियो।

मन्त्रीहरू र तिनका सल्लाहकारहरूमाथि प्रारम्भिक दिनमै हर्ड इम्यूनिटी अर्थात् सामूहिक प्रतिरोध क्षमताको चर्चा गर्न जोड दिइएको आरोप लाग्ने गरेको छ। मार्च महिनाको अन्त्यतिर मात्र पूर्ण लकडाउन लगाइयो।

तर त्यसो गर्नमा महत्त्वपूर्ण एक साताको ढिलाइ हुँदा त्यसको मूल्य २०,००० जनाभन्दा धेरै मानिसको जीवनमा परेको सरकारका मोडलर प्राध्यापक निल फगसन बताउँछन्।

किनभने त्यस बिन्दुमा सङ्क्रमण दर निकै तीव्र गतिमा बढेको थियो। तर यूकेका प्रमुख स्वास्थ्य सल्लाहकार प्राध्यापक क्रिस विटीले मार्च महिनाको सुरुमै भाइरसबारे निकै सीमित सूचना हुँदा निर्णयहरू गर्न कठिन भएको बताएका थिए।

त्यस बेलासम्म स्याहार केन्द्रहरूमा भाइरस नराम्ररी फैलिसकेको थियो। पहिलो लहरका झन्डै ३० प्रतिशत मृत्यु स्याहारगृहहरूमै भयो। त्यहाँ बस्नेहरूको अस्पतालमा भएको मृत्यु जोड्ने हो भने त त्यो ४० प्रतिशतसम्म पुग्छ।

मे महिनादेखि भने प्रतिबन्धहरू खुकुलो हुन थालेका थिए। एउटा अर्को कारण यस्तो खालको महामारीका लागि यूके केही एशियाली देशहरू भए जसरी तयार रहेको देखिएन।

दक्षिण कोरिया र ताइवानजस्ता देशले परीक्षण गर्न र सम्भावित सङ्क्रमित खोज्नका लागि एउटा प्रणाली विकास गरेका थिए र त्यो तत्कालै कार्यान्वयन गर्न सके।

दोस्रो लहर
अगस्ट महिनाको अन्त्यतिर दैनिक झन्डै १,००० मानिसमा सङ्क्रमण पुष्टि हुन थालेको थियो। सेप्टेम्बरको मध्यसम्ममा त्यो पाँच गुणाले बढ्यो भने मध्यअक्टोबरमा दैनिक १५,००० नाघ्यो।

त्यसयता औसतमा दैनिक १० हजारभन्दा कम सङ्क्रमित हुने दिन आएकै छैन। नोभेम्बरमा इङ्ग्ल्यान्डमा चार साताको लागि लकडाउन लगाइयो। तर त्यो हटेपछि पनि दक्षिणपूर्वी इङ्ग्ल्यान्डमा सङ्क्रमणको क्रम उकालो लागिरह्यो।

के भएको हो भन्ने केही सातामै स्पष्ट भयो। रूपमा उत्परिवर्तन अर्थात् म्यूटेशन भएर तीव्र गतिमा फैलिने नयाँ प्रकारको भाइरस बनेको थियो। मध्य डिसेम्बरतिर लकडाउन हुन सक्ने हल्ला फेरि चलेको थियो। तर क्रिसमसका लागि प्रतिबन्धहरू केही खुकुलो पार्ने घोषणा भइसकेको थियो।

यूकेका सबै राज्यमा मन्त्रीहरूले थप समय प्रतीक्षा गरे। सन् २०२१ को सुरुतिर अस्पतालमा भर्ना हुने दर निकै बढेपछि यूकेका चार प्रमुख स्वास्थ्य अधिकारीहरूले राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस जोखिममा पर्ने बताए र त्यसको केही घण्टामै यूकेमा पुनः लकडाउन लगाइयो।

अन्य कारण
भौगोलिक रूपमा यूकेको अवस्थिति र विश्वको एउटा केन्द्रको रूपमा खासगरी लन्डन रहनुसँग समेत यस्तो अवस्था आउनुको कारण जोडिएको छ।

आनुवंशिक समीक्षाका अनुसार यूकेमा कम्तीमा १,३०० वटा भिन्नभिन्न अवसरमा यो भाइरस छिरेको छ। मार्चभित्र खासगरी फ्रान्स, स्पेन र इटलीबाट त्यस्तो सङ्क्रमण भित्रिएको पाइएको थियो।

जनघनत्वका हिसाबले यूके १० शीर्ष देशमध्ये पर्छ। यूके उच्च मोटोपन दर भएको देशमध्ये पर्छ र एउटा अध्ययनले गम्भीर मोटोपना भएकामा यसका कारण मृत्यु हुनेदर झन्डै दोबर भएको देखाउँछ।

कोभिड“१९ बाट ज्यान गुमाउनेमध्ये पाँच भागको एक भाग मानिसहरूमा मधुमेहको समस्या देखिएको छ। यो पनि यूकेको एउटा ठूलो स्वास्थ्य समस्या हो।

विश्वमा यूकेको अवस्था
गत वसन्तयाममा यूके सबैभन्दा उच्च प्रभावित देशमध्ये पर्थ्यो। तर महामारीले आफ्नो स्वभाव बदलेका कारण दोस्रो लहर यताको अवस्थालाई मूल्याङ्कन गर्ने काम सहज छैन।

मध्यमखाले पहिलो र दोस्रो लहरमा अस्ट्रेलियाजस्ता देशले सफल अभ्यास गरेको पाइन्छ। तर गत वसन्तयाममा यूकेभन्दा राम्रो अवस्थामा रहेका देशसँग तुलना गर्दा भने अवस्था अर्कै छ।

जसरी यूकेले गर्‍यो त्यसरी गर्मीयामसम्म अमेरिकाले मृत्युदर घटाउन सकेको थिएन। तर अहिले उसको मृत्युदर नियन्त्रणमा आउँदै गरेको देखिन्छ।

पहिलो लहरमा निकै कम मृत्यु पाइएका जर्मनी र पोल्यान्डजस्ता देशमा यतिखेर त्यो बढेर सामान्यभन्दा उकालो लाग्न थालेका छन्।

भर्खरको समाचार

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

सम्बन्धित खबरहरु

Scroll to Top