×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

त्रिविमा नयाँ शैक्षिक सत्रः स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट

१९ माघ २०७७

१९ माघ, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ ।

कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन गर्ने निष्कर्षमा विश्वविद्यालय पुगेको हो ।

Advertisement
Advertisement

विश्वविद्यालयको तयारीअनुसार अब स्नातक तहको शैक्षिक सत्र फागुन महिनाबाट सुरु गरिने छ । यसअघि मङ्सिर महिनाबाट स्नातक तहको पठनपाठन सुरु गर्ने विश्वविद्यालयको नियम रहे पनि तीन महिनापछाडि सार्नुपर्ने अवस्था देखिएको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले जानकारी दिए ।

आगामी वर्षदेखि पनि स्नातक तहको शैक्षिक सत्र फागुनलाई नै मानिने भएको छ । यस वर्ष पनि विश्वविद्यालय मातहतका अध्ययन संस्थान तथा सङ्कायहरूले फागुनलाई नै आधार मानेर विद्यार्थी भर्ना कार्यक्रम प्रकाशित गर्ने भएका छन् । नियमित पठनपाठन १० महिना सकाएर १२ महिनामा वार्षिक परीक्षा सक्ने विश्वविद्यालयको तयारी छ ।

यस पटक राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीको नतिजा पनि छिट्टै प्रकाशित गर्दैछ । बोर्डले गत मङ्सिर दोस्रो साता कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो ।

बोर्डको कार्यतालिकालाई मिलाएर स्नातक तहको भर्ना खोलिएको जानकारी शिक्षाध्यक्ष भुसालले दिए । कक्षा १२ को नतिजा प्रकाशन र स्नातक तहको नयाँ भर्ना खोल्ने समयका बीचमा एक दुई महिनाभन्दा बढी फरक नहुने गरी मिलाइने जनाइएको छ ।

यसका साथै विश्वविद्यालयले स्नातकोत्तर तहमा वैशाख अन्तिमबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने भएको छ । यसअघि चैतमा स्नातकोत्तर तहको शैक्षिक सत्र सुरु गर्ने गरिए पनि अब भने वैशाखबाट मात्रै शैक्षिक सत्र सुरु गर्ने तयारीमा आफूहरू पुगेको जानकारी शिक्षाध्यक्ष भुसालले दिए ।

हाल विश्वविद्यालयमा स्नातक तहका वार्षिक परीक्षाका कार्यक्रम सञ्चालन भइरहेका छन् । यसका आधारमा पनि स्नातकोत्तर तहको शैक्षिक सत्र वैशाखमै पुग्ने स्थिति देखिएको उनको भनाइ छ ।

स्नातकोत्तर तहमा एक डेढ महिना मात्रै शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था रहेको जानकारी विश्वविद्यालयले दिएको छ । विश्वविद्यालयले कार्यरत आंशिक शिक्षकसँग भएको सहमति कार्यान्वयनका लागि मातहतका क्याम्पसहरूलाई परिपत्र गरेको छ ।

आंशिक शिक्षकलाई शिक्षण सहायक बनाउँदा आवश्यक पर्ने प्रावधान, प्रतिक्रेडिट तथा वार्षिक प्रणाली अनुसार शिक्षकले प्रतिपिरियड पाउने सुविधाको विषय कार्यान्वयनमा ल्याउन क्याम्पसलाई परिपत्र गरिएको हो ।

त्रिवि कर्मचारी प्रशासन महाशाखाका प्रमुख वैकुण्ठप्रसाद थपलियाका अनुसार क्याम्पसको आन्तरिक स्रोतको अवस्था, कार्यबोझ समेतका आधारमा आंशिक शिक्षकलाई शिक्षण सहायक सरहको पदमा नियुक्त गर्न सकिनेछ ।

तर यसका लागि विश्वविद्यालयको स्वीकृति आवश्यक पर्नेछ । यसका लागि क्याम्पसले आफ्नो स्रोतले धान्न नसक्ने तर शिक्षण सहायक पदमा नियुक्ति गर्नुपर्ने अवस्था देखिएमा त्यसको समेत पुष्टि हुने गरी सिफारिस गर्नुपर्ने जनाइएको छ ।

Advertisement

यसका साथै तत्कालका लागि प्रतिक्रेडिट १७ हजार चार सय रुपियाँ र वार्षिक परीक्षा प्रणालीअनुसार प्रतिपिरियड ५९० रुपियाँका दरले बढीमा १५० घण्टाको पारिश्रमिक पाउने गरी लागू गर्नसमेत विश्वविद्यालयले निर्देश गरेको छ ।(गोरखापत्र)

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top