वायु प्रदूषणको जोखिम कम गर्न काठमाण्डौ महानगरको आग्रह

१९ कात्तिक २०८३, बिहीबार
Share this
758shares

१९ कार्तिक , काठमाण्डौ ।

Advertisement

जाडो मौसम शुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्न सक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि काठमाण्डौ महानगरपालिकाको आग्रह ।

वायु प्रदूषणका प्रमुख कारणहरु गाडीबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माणकार्यबाट उत्पन्न हुने प्रदूषण, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहरमैला बाल्दा निस्कने धुवाँ रहेकाले यो कार्य नगर्न÷नगराउन काठमाण्डौ महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईको आग्रह ।

Advertisement

खराब वायु प्रदूषणका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी भएका र दीर्घरोग भएका बिरामी बढी जोखिममा पर्ने भएकाले मापदण्डविपरीतका कार्य नगर्न सबैलाई आग्रह ।

विभागका अनुसार गाडी प्रचलित प्रदूषण नियन्त्रण मापदण्डभित्र रहेर चलाउने, नियमित रूपमा आफ्नो गाडी मर्मत गरी प्रदूषण कम गर्ने, निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा नथुपार्ने, उद्योग कलकारखाना तथा अस्पतालले कामपा प्रदूषण नियन्त्रण मापदण्ड २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्डभित्र रहेर मात्र गर्ने, उद्योगमा वायु प्रदूषण कम गर्ने उपकरणको प्रयोग गर्नुपर्ने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top